back
NMB ad

लेन अनुशासन खोइ ? बाटो काट्दा वर्षमै ७५ को ज्यान गयो

Kumari bank ad

काठमाडौ। राजधानीको अनामनगरमा जेब्राक्रसबाट बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करले स्थानीय विकास मन्त्रालयका पूर्वसचिव पद्मराज सुवेदीको आइतबार मृत्यु भयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाका अनुसार मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा आइतबार दिउँसो अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

आइतबार बिहान प्रातभ्रमणबाट फर्किएका सुवेदीलाई पौने ९ बजे अनामनगरस्थित बाजेको सेकुवा अगाडिको सडकमा बाटो काट्ने क्रममा अनामनगरबाट हनुमानस्थानतर्फ जाँदै गरेको बा७९प ४३९२ नम्बरको यामहाको आए एन फाइन मोडलको मोटरसाइकलले ठक्कर दिएको थियो ।

काठमाडौ उपत्यकामा गुड्ने सवारीसाधानले कानूनी प्रावधान उल्लंघन गरी जेब्राक्रसमै सवारीसाधन तीव्र गतिमा हुँइक्याउँदा सर्वसाधारण असुरक्षित बन्दै गएका छन् । चालकको लापरबाहीका कारण गत आवमा ७५ जना यात्रुले ज्यान गुमाएको महाशाखाले जनाएको छ । नागरिक दैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख १३

वि.सं.२०७४ वैशाख १३ बुधवार ०७:४८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...