back
NMB ad

लमजुङमा एमाले र माओवादी केन्द्रबिच चुनावी तालमेल

Kumari bank ad

लमजुङ । यही वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच लमजुङमा तालमेल हुने भएको छ । चुनावमा गठबन्धन बनाएर अघि बढ्न सहमत भएको दुवै राजनीतिक दलका नेताले बताएका छन् ।

दुवै राजनीतिक दलले बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनावमा नगरपालिका, गाउँपालिका र वडा तहसम्म तालमेल गरेर जाने सहमत भएको घोषणा गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणि पौडेल र एमालेका जिल्ला अध्यक्ष धनञ्जय दवाडीले संयुक्त प्रेस वक्तव्य जारी गरी चुनावमा मोर्चा बनाउने निर्णय भएको जानकारी दिइएको छ ।

जिल्लामा ४ गाउँपालिका र ४ नगरपालिका गरी ८ स्थानीय तह छन् । एमाले र माओवादी केन्द्रबिच पाँच तहको प्रमुख र उप–प्रमुखमा एमाले र तीन तहको प्रमुख र उप–प्रमुखमा माओवादी केन्द्रले उम्मेद्वार उठाउने सहमति भएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख १५

वि.सं.२०७४ वैशाख १५ शुक्रवार १३:२६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...