back
NMB ad

रिलिज अगावै बाहुबली २ भयो लिक

Kumari bank ad

काठमाडौ । यस बर्षको बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म बाहुबली २ को चर्चा यति बेला विभिन्न कारणले छ । केही दिन अगाडी फिल्मका प्रोड्यूसर शोबू यारलागड्डाले एमिरेट्स एयरलाइन्समाथी रंगभेदको आरोप लगाए र अहिले खबर बाहिर आएको छ कि फिल्मको केही सिन लिक भएको छ ।

रिपोर्ट्सका अनुसार, धेरै सोसल प्लेटफर्मसमा फिल्मको प्रिभ्यू शोबाट केही भिडियो यतिबेला भाइरल बनेका छन् । बताईएअनुसार भिडियोलाई ट्विटरमा पनि पोस्ट गरिएको थियो, तर अहिले उपलब्ध भने छैन । तर, फिल्मका प्रोड्यूसर शोबू यारलागड्डाले यो खबरको खण्डन गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, विभिन्न देशहरुको सेन्सर बोर्ड बाहेक बाहुबली २ अन्य काहीँ कतै देखाइएको छैन् । बताइदिउँ, बाहुबलीको पहिलो भाग पनि रिलिज अगावै अनलाइनमा लिक भएको थियो, जसमा प्रभास र अनुष्का शर्मा आर्मीको युद्धका लागि तयारी गरिरहेका थिए ।

खबरका अनुसार, फिल्मको पहिलो विकेन्डको लगभग सबै टिकट बुक भैसकेको छ । केही ट्रेड एनालिस्टका अनुसार, बाहुबली २ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बन्न सक्छ । फिल्म दुनियाँभर ५ हजार स्क्रिनमा रिलिज हुँदैछ ।

२५० करोडमा बनेको बाहुबली द कन्क्लूजन मा प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना, राम्या कृष्णन र सत्यराज महत्वपूर्ण भूमिकामा छन् ।

प्रकाशित मितिः २०७४ बैशाख १५

वि.सं.२०७४ वैशाख १५ शुक्रवार १३:४४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...