back
NMB ad

जानीराख्नोस्,हाईड्रो कम्पनीले सेयर निष्काशन गर्दै !

Kumari bank ad

काठमाडौ । साञ्जेन जलविद्युत कम्पनीले कर्मचारीका लागि छुट्ट्याएको २४ प्रतिशत सेयर निष्कासन तयारी गरेको छ । कम्पनीले रसुवामा निर्माणाधीन ५७.३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत आयोजनाको सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग स्वीकृत मागेको छ ।

पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, जिल्ला विकास समिति (जिविस) रसुवा र चिलिमे गाविसका कर्मचारीका लागि सेयर निष्कासन गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । उनका अनुसार पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता सेयर निष्कासन हुनेछ ।

सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत, त्यहाँ कार्यरत कर्मचारीका लागि १ प्रतिशत र कम्पनीमा कार्यरत कर्मचारीका लागि ३.५ प्रतिशत छुट्ट्याइएको छ । सेयर विक्री प्रबन्धक नागरिक लगानी कोषलाई नियुक्ति गरिएको छ ।

‘पहिलो चरणको सेयर निष्कासन गर्न बोर्डसँग स्वीकृति मागेका छौं,’ उनले भने, ‘चालु आर्थिक वर्षभित्र सेयर निष्कासन गरेर बाँडफाँड सकिन्छ ।’ श्रेष्ठका अनुसार आगामी आवमा आयोजना प्रभावित स्थानीयका लागि छुट्ट्याएको १० प्रतिशत र तेस्रो चरणमा सर्वसाधारणका लागि १५ सेयर निष्कासन हुनेछ ।

७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ६५ करोड स्वपुँजी छ । स्वपुँजीमध्ये चिलिमे कम्पनीको ३८, प्राधिकरणको १० र ३ प्रतिशत जिविस रसुवा र चिलिमे गाविसको छ । निर्माणाधीन १४.८ मेगावाटको माथिल्लो साञ्जेनको ५५ प्रतिशत र ४२.५ मेगावाटको तल्लो साञ्जेनको ४० प्रतिशत काम पूरा भएको छ । उर्जा खबरबाट

प्रकाशित मितिः २०७४ बैशाख १५

वि.सं.२०७४ वैशाख १५ शुक्रवार १३:५४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...