back
NMB ad

इन्भेष्टमेन्टले आह्वान गर्यो ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपीओ सेयर

Kumari bank ad

काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एफपीओ सेयर आह्वान गरेको छ। ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपीओ सेयर फागुन ११ गतेबाट निस्कासन हुनेगरी कम्पनीले आह्वान पत्र निकालेको छ।

इच्छुक लगानीकर्ताले कम्तीमा १० कित्ता र बढीमा २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। सेयर निस्कासन चाँडोमा फागुन १४ गते बन्द हुने छ भने ढिलोमा फागुन २७ गते बन्द हुने छ। ५ सय १ रुपैयाँ रुपैयाँ प्रिमियम रकम जोड्दै प्रतिकित्ता ६ सय १ रुपैयाँ दरखास्त मूल्य तोकिएको छ।

प्रबद्र्धक नागरिक लगानी कोषकाअनुसार डिम्याट खाता हुने लगानीकर्ताहरुले बिओ आईडी नं। पनि फारममा भरेमा लगानीकर्ताको खातामा बाँडफाँडपछि परेको सेयर जम्मा हुने छ।

मर्जमा नगई बोनस सेयर तथा एफपीओ निस्कासनबाट चुक्ता पुँजी बढाउनेगरी बैंकले आफ्नो योजना राष्ट्र बैंकसमक्ष बुझाएको थियो। एफपीओ निस्कासनपछि बैंकको चुक्ता पुँजी ९० करोड रुपैयाँ थपिनेछ। बोनस सेयर वितरणपछि कम्पनीलाई ८ अर्ब चुक्ता पुँजी पुर्याउन सहजता हुनेछ। २०७२ असारसम्मको लेखापरीक्षणपश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। पछिल्लो पटक बजारमा सो बैंकको सेयर मूल्य प्रतिकित्ता ९ सय रुपैयाँ नाघेको छ।

यस आर्थिक वर्षको ६ महिनामै नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब नाघेको छ। बैंकले निकालेको पुस मसान्तसम्मको वित्तीय अवस्थाअनुसार बैंकको नाफा १ अर्ब ९ करोड नाघेको छ।

गत वर्षको ६ महिनाको अवधिसम्म बैंकले ९६ करोड रुपैयाँ नाफा कमाएको थियो। बैंकले आर्थिक वर्ष २०७१र७२ मा १ अर्ब ९६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको आम्दानीमा ब्याजदरको हिस्सा सबैभन्दा ठूलो छ। कुल आम्दानीमा ८२ दशमलव ७२ प्रतिशत रकम ब्याजबाट प्राप्त हुने गरेको तथ्याङ्क छ।

जगेडा कोषमा बैंकको ३ अर्ब ४६ करोड रुपैयाँ रकम रहेको छ। आर्थिक वर्ष २०७१र७२ सम्म बैंकको शाखा संख्या ४६ पुगेको छ, भने एटीएम काउन्टरको संख्या ८२ रहेको छ। जुम्लाको खलंगा र लुक्लामा पनि बैंकको शाखा संचालनमा रहेको छ।

बैंकले सर्वसाधारणको २१ अर्ब २२ करोड रुपैयाँ रकम मुद्दति निक्षेपमा र २४ अर्ब २७ करोड रुपैयाँ बचत खातामा जम्मा गरेको छ।  बैंकले ४ पटकसम्म बैंकिङ क्षेत्रमा उत्कृष्ट अवार्डका रुपमा चिनिने ‘बैंक अफ दी इयर’को मान्यता समेत पाइसकेको छ।

कहाँ कहाँबाट बुझाउन सकिन्छ सेयर आवेदन ?
नेपाल इन्भेष्टमेन्ट बैंकको दरवारमार्गको प्रमुख कार्यालय तथा शाखा कार्यालयहरु न्यूरोड, पुतलिसडक, ठमेल, कालिमाटी, बत्तिसपुतली, गंगबु, बौद्ध, त्रिपुरेश्वर, भोटाहिटी, नयाँ बानेश्वर, धुम्बाराही, लाजिम्पाट, महाराजगञ्ज, पुल्चोक, लगनखेल र सिपाडोलबाट आवेदन दिन सकिन्छ। त्यस्तै नागरिक लगानी कोष नयाँ बानेश्वर र एनआईबीएल क्यापिटल लाजिम्पाटबाट पनि आवेदन दिन सकिन्छ।

उपत्यकाबाहिर वीरगन्ज, बुटवल, भैरहवा, जितपुर, बनेपा, पोखरा, नारायणगढ, पर्सा बजार, पटिहानी, जनकपुर, नेपालगन्ज, धनगढीबजार, सुर्खेतबजार, जुम्लाको खलंगा, हेटौडा, तानसेन, लुक्लाको चौरीखर्क, तुलसीपुर, कपिलबस्तुको कृष्णनगर, उदयपुरको गाइघाट, सर्लाहीको लालबन्दी र बरथहवा, तनहुँको दमौली, स्याङ्जाको वालिङ र रामेछापको मन्थलीबाट आवेदन दिन सकिने प्रबद्र्धक नागरिक लगानी कोषले जनाएको छ।

बैंकको ५ वर्षको संक्षिप्त वित्तीय अवस्था

प्रकाशित मिति/ २०७२ शनिबार, फाल्गुण १ गते

वि.सं.२०७२ फागुन १ शनिवार १२:५३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...