back
NMB ad

स्थानीय तहको चुनावमा “उप” मा महिला “चुप” ! महिलाहरु पुरुषका लागि “खडेबाबा” मात्रै !

Kumari bank ad

पहिलो चरणमा सम्पन्न हुने सबै ठाउँमा सबै पदका उमेदवारहरु चयन भैसकेका छन् । यी सबै ठाउँमा आएका नाम देखेपछि लाग्यो महिलाले यतिका बर्षदेखि राजनिती गरेको औचित्य के त ? एकाध ठाउँ र पार्टीबाहेक सबैमा महिला उप–प्रमुखको पदमा मात्र चयन भएका छन्।

हामी आफै कुर्लन्छौ, महिलाले राजनितीमा धेरै फड्को मारिसके, धेरै नेतृत्वदायी भूमिकामा पुगिसके । अनि यो स्थानीय तहको चुनाबमा अधिकाँश महिलालाइ दिएको भूमिकाले साबित गर्छ त हाम्रा ती भनाइलाइ ?

अधिकाँश दिदीबहिनीले उप को पदलाइ नै चुपचाप सकारिरहदा सोध्न मन लाग्यो, के तपाइहरु प्रमुखको पद्को लागि लायक नभएर नै हो त , उप मै चित्त बुझाउनु भएको ? नियमले पुरुष प्रमुख अनि महिला उप त पक्कै भनेको थिएन , जो भए पनि बिपरित हुनुपर्यो मात्र भनेको थियो जस्तो लाग्छ।

२० बर्षपछि चुनाब हुदा पनि महिला शक्ति प्रमुख पदको लागि तयार हुन नसक्नु वा नगरिनु भनेको महिलाले राजनितीमा छ्लाङ मार्न नसक्नु नै हो जस्तो लाग्छ मलाई त। सुरु नै देखि उम्मेदवारको नाम सिफारिस गर्ने दिन देखि नै महिलालाइ प्रमुख पद दिनुपर्छ भन्ने तिर कसैको ध्यान गएन त महिला नेतृकै मुखबाट समेत यसपाली त पुरुष प्रमुख भए महिला उप पक्का भनेका छन् , जे होस ढुक्क छ हाम्रा साथीहरुले पाउनेमा वा मैले पाउने भन्ने सुनियो , तर अधिकाँशबाट म प्रमुखमा उठ्ने हो , म सक्छु भन्ने सुनिएन। के हाम्रो महिला शक्तिसग नेतृत्व गर्ने क्षमता नभएको नै हो त ? हो भने यतीका समय राजनिती गर्नुको के औचित्य ?

देशको एकाध ठाउँमा मात्र महिलाले पद लिदैमा हामी सफल भयौं भन्ने सोच जबसम्म रहन्छ नि तबसम्म हामिले केही गर्न सक्दैनौ । एउटा स्थानीय तह त चलाउन सक्ने हैसियत बनाउन नसक्ने हामीले अब ठुला कुरा गर्नुको कुनै तुक छैन। हुन त कुरा आउलान, नदिएपछी के गर्नु त ? तर कति प्रयास गर्नुभयो तपाइहरुले ? सबैलाइ एउटै डर थियो , यो नि हुन्न भने फेरि अर्कोलाइ दिन्छन कि भन्ने । हामीले आफुलाइ हेरेउ , सिङो महिला शक्तिलाइ होइन , यदि सिङो महिला शक्ति एक भएर गएको भए आज केही त हुन्थ्यो कि !

कतै कुनै ठाउँमा त महिलाले पनि प्रमुख पदहरुमा उम्मेद्बारी दिएको सुन्नमा आउथ्यो कि ! अब जे नहुनु त भैसक्यो , अझैपनि अरु ठाउँ आउलान , यदि त्यतिबेला नि फेरि उप कै पदमा वा बैकल्पिकमा नै रमाउने हो , यसलाइ नै आफ्नो प्रगती वा आफुले आर्जेको उत्कृष्टता ठान्ने हो भने सम्पुर्ण महिला शक्तिले आजकै दिनबाट राजनिती गर्न छोडिदिए हुन्छ , छोडिदिए हुन्छ महिला स्वतन्त्रता र अधिकारका ठुला–ठुला कुरा। कुनै तुक छैन अब हामीले राजनिती गर्नुको । होइन अब आफुलाई देशका सम्पुर्ण निकायमा पुरुष मित्र सरह उभ्याउन सक्ने हैसियत राख्ने हो , भोलिका दिनमा आफ्नो मात्र भलाइ नसोचेर समग्र महिलाको बारेमा सोच्ने हो भने मात्र गरौ हामी अबका दिनमा राजनिती ।

यसपालिको स्थानीय तहको चुनाबमा दलहरुले महिलालाइ जिम्मेवारी दिएको भन्दा पनि उनीहरुलाइ बाध्यात्मक कारणले पुरुषहरुले खडेबाबाको रुपमा मात्र उभ्याइएको भान हुन्छ यहाँ। अब सम्पुर्ण महिला राजनितीकर्मिले बेलैमा सोचौ , अरु बेला केही नभनी देश र पार्टीको लागि पुरुष मित्रसरह लडिरहने अनि तब जिम्मेवारीको कुरा आउँछ अनि उनीरुले आफ्नो दुनु सोझ्याएर बाकी रहेको पदमा मात्र चित्त बुझाउने ।

यो स्थानीय तहको चुनावमा त जे हुनु नहुनु भैगयो तर अब नि तपाईं हामिले बेलैमा नसोच्ने हो , हामी जस्तो सुकै जिम्मेवारी नि बहन गर्न सक्छौ भनेर बहस नचलाउने हो , परिस्थितिको सामना नगर्ने हो भने जती पटकको स्थानीय निकायको चुनाबमा नि उप कै पदमा चित्त बुझाउनु नपर्ला भन्न सकिन्न । यदि साच्चै हामी महिलाका नाममा राजनिती गर्दैछौ भने नामको मात्र राजनिती नगरौ , नेतृत्वको लागि गरौ।

अन्त्यमा यो भन्न बाध्य छु जति पद पाएका छौं त्यसमा जितेर देखाऔं ।

प्रकाशित मितिः २०७४ बैशाख २४

वि.सं.२०७४ वैशाख २४ आइतवार १५:०६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...