back
NMB ad

सूर्तीले उडाइँदैछ जहाज !

Kumari bank ad

एजेन्सी–जहाज हवाई इन्धनबाट उड्छ । सौर्य ऊर्जाबाट चल्ने जहाजको बारेमा पनि गत वर्ष खुबै चर्चा भयो । तर, अहिले चाहिँ सूर्तीबाट उड्ने जहाजको चर्चा छ ।

हो, विश्वमा पहिलो पटक सूर्तीबाट जहाज उडाइँदै छ । वास्तवमा सूर्तीको काँचो पातबाट तयार पारिने बायोडिजेलको सहायताले हवाई जहाजको व्यावसायिक उडान भरिँदै छ । यो मामिलामा सबैभन्दा अगाडि छ दक्षिण अफ्रिकी एयरवेज । सो एयरवेजले गत वर्ष जुलाईमा परीक्षण उडानको रुपमा तीन सय यात्रु बोकेको एक जेट विमानलाई जोहानेसबर्गबाट केपटाउनसम्म १२८० किलोमिटर उडाएको थियो । उक्त विमानमा तीन सय यात्रु थिए भने विमानमा सूर्तीको बायोडिजेल प्रयोग गरिएको थियो ।

त्यहाँ सूर्तीको सोलरिस प्रजातिको विरुवाबाट बायोडिजेल उत्पादन गर्ने गरिएको छ । यो प्रजातिमा निकोटिनको मात्रा निकै कम हुन्छ । साउथ अफ्रिकन एयरलाइन्सले यहीँ वर्षबाट टोब्याको बायोफ्यूलको प्रयोग गर्न सुरु गर्नेवाला छ । सुरुवातमा चाहिँ हवाई इन्धनमै बायोडिजेलको केही हिस्सा मिलाएर प्रयोग गरिनेछ । विस्तारै हवाई इन्धनको मात्रा कम गरी बायोडिजेलको मात्रा बढाइनेछ ।

स्मरण रहोस्, विमान कम्पनीले इन्धनमै सबैभन्दा धेरै खर्च गर्नुपर्ने हुन्छ । कम्पनीको कुल सञ्चालन खर्चको एक तिहाइ इन्धनमै हुन्छ । बायोडिजेल अहिले पनि महंगो नै छ तर यसको ठूलो परिमाणमा उत्पादन भएमा लागत कम हुनेछ । यो पर्यावरणका लागि लाभकारी हुनेछ ।

प्रकाशित मितिः २०७४ जेठ ४

वि.सं.२०७४ जेठ ४ बिहीवार १६:३४ मा प्रकाशित

You can share this post!

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:४०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:२८

मुग्लिन (चितवन), ८ जेठः माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा...