back
NMB ad

प्रियंका चोपडाको नेपाली फिल्मको ट्रेलर कान्समा

Kumari bank ad

काठमाडौ । बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषाको फिल्म ‘पौवा’ को ट्रेलर कान्स फिल्म फेस्टिभलमा सार्वजनिक हुने भएको छ। बुधबारदेखि सुरु भएको कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री प्रियंका चोपडासहित दीपिका पाण्डुकोण, ऐश्वर्या राय बच्चन र सोनम कपुरले सहभागिता जनाउँदैछन्।

सिक्किमेली प्रोडक्सनबाट अभिनेत्री चोपडाले निर्माण गरेको फिल्मलाई पखी टायरवालाले निर्देशन गरेका हुन्। ‘नेपाली भाषाको फिल्म ‘पौवा’को ट्रेलर कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुँदैछ। बलिउड अभिनेत्रीहरु प्रियंका चोपडा, दीपिका पाण्डुकोण, ऐश्वर्या राय बच्चन र सोनम कपुरसहित ‘पौवा’ फिल्म युनिटले कान्स्मा प्रदर्शन हुने ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागिता जनाउँदैछन्,’निर्देशक टायरवालाले भने।

सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीले अभिनय गरेको ‘पौवा’ फिल्मको सुटिङ गत मार्चमा सुरु भएकोे थियो। फिल्म ‘पौवा’ अर्थात पाहुनामा आमा बुबाबाट छुटिएको बालबालिकाको कथा समेटिएको छ।

फिल्मलाई अभिनेत्री चोपडा र उनकी आमा मधुले २०१५मा स्थापना गरेको पिबल प्रोडक्सनले निर्माण गरेका हुन् । कान्स फिल्म फेस्टिभल आगामी जेठ १४ सम्म चल्नेछ ।

प्रकाशित मितिः २०७४ जेठ ४

वि.सं.२०७४ जेठ ४ बिहीवार १६:२७ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...