back
NMB ad

वातावरण मन्त्रीको निधन !

Kumari bank ad

काठमाडौ । भारतको वातावरण मन्त्री अनिल माधव दवेको बिहीवार निधन भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित ६० वर्षको उमेरमा उनको निधन भएको हो ।

आधिकारिक स्रोतका अनुसार ६० वर्षीय दवेलाई आफू निवासस्थित बिहीबार विहान केही असहज महसूस भएपछि राज्यद्वारा सञ्चालित अल इन्डिया इन्स्च्यिुट अफ मेडिकल साइन्स (एम्स) मा लगिएको थियो । उपचारको क्रममा एम्समा नै उनको निधन भएको अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

दवेआवद्ध रहेका भारतीय जनता पार्टीले उनको निधनको पुष्टि गर्दै विस्तृत विज्ञप्ति प्रकाशित गरेको छ । उनको निधनप्रति भारतीय राष्ट्रपति प्रणव मुर्खजीले गहिरो दुख व्यक्त गरेका छन्।

त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सहकर्मीको आकस्मिक निधनबाट आफू स्तब्ध भएको बताएका छन् । दवेको निधन आफ्नु निजी नोक्सानसमेत भएको मोदीले बताएका छन् । ‘अनिल माधव दवेजीलाई आमनागरिक समर्पित कार्यकर्ताको रुपमा भविष्यमा सम्झना गरिने छ ।’ दवेका अन्य सहकर्मीले पनि उनको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् ।

अविवाहित दवे सन् २००९ मा राज्यसभाका सदस्य रहेका गत वर्षबाट वातावरण, वन र जलवायु परिवर्तन विभागको स्वतन्त्र कार्यभार सम्हाल्दै आएका थिए ।

प्रकाशित मितिः २०७४ जेठ ४

वि.सं.२०७४ जेठ ४ बिहीवार १६:०८ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...