back
NMB ad

सेयरधनीहरु ४ बैंकको २ अर्ब ६५ करोडको सेयर नछुटाउनुहोला !

Kumari bank ad

काठमाडौ । नेपाल धितोपत्र बोर्डले एकैदिन चार कम्पनीलाई दुई अर्ब ६५ करोड १३ लाख बराबरको हकप्रद बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले आइतबार दुई वाणिज्य बैंक र दुई विकास बैंकलाई हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो ।

बोर्डमा आवेदन गरेकामध्ये सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र कन्चन डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनको अनुमति पाएका हुन ।

माछापुच्छ्रे बैंकले हाल कायम चुक्तापूँजीका १२ प्रतिशत, सिद्धार्थले ३० प्रतिशत, कञ्चन डेभलपमेन्ट बैंकले ३० प्रतिशत तथा अल्पाइनले ६९ प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएका हुन ।

सिद्धार्थ बैंकले १ अर्ब ५७ करोड ५२ लाख ५७ हजार ८१३ रुपैयाँको १ करोड ५७ लाख ५२ हजार ५७८ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल बैंकको चुक्ता ५ अर्ब २५ करोड ८ लाख ५९ हजार रुपैयाँ छ ।
हकप्रदको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यस्तै माछापुच्छ्रे बैंकले १०ः१.२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको हो । बैंकको हकप्रद एनएमबि क्यापिटल लिमिटेडले बिक्री गर्देछ । बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ छ ।

यस्तै, कञ्चन डेभलपमेन्ट बैंकलाई पनि धितोपत्र बोर्डले ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । कञ्चनले एक सय रुपैयाँ दरको १० लाख ३९ हजार ५०० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो । बैंकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । बैंकको चुक्ता पुँजी ३४ करोड ६५ लाख रुपैयाँ छ ।

यता, सेञ्चुरी कमर्शियल बैंकले आफुमा विलय गर्ने सम्झौता गरिसकेको अल्पाइन डेभलपमेण्ट बैंकले पनि धितोपत्र बोर्डमा झण्डै ६९ प्रतिशत हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ । प्रति तीन कित्ता बराबर दुई दशमलव शुन्य आठ कित्ताको अनुपातमा हकप्रद निष्कासन गर्न लागेको अल्पाइनको हाल चुक्ता पूँजी २६ करोड रुपैंया रहेको छ । हकप्रद पश्चात उसको चुक्ता पूँजी ४० करोड ७५ लाख हाराहारीमा पुग्नेछ । अल्पाइनको हकप्रद बिक्री प्रबन्धकको एनएमबि क्यापिटलले गर्नेछ ।

प्रकाशित मितिः २०७४ जेठ ८

वि.सं.२०७४ जेठ ८ सोमवार १२:३२ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...