back
NMB ad

सरकारले बढाइसक्यो, ओली भन्छन् स्थानीय तहको सङ्ख्या बढ्नै सक्दैन !

Kumari bank ad

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा आएर सरकारले स्थानीय तहको सङ्ख्या थप्न खोजे पनि सफल नहुने बताएका छन् ।

आजै सरकारले तराइमा २४ स्थानीय तह थप्ने प्रस्ताव तयार परेको छ ।

सूर्यविनायक नगरपालिकाको लागि एमालेबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख वडा अध्यक्षहरु एवम् सदस्यका लागि आज कटुञ्जेमा आयोजित बधाइ एवम् शुभकामना कार्यक्रममा ओलीले स्थानीय तहको सङ्ख्या अब थप हुन नसक्ने बताएका हुन ।

अध्यक्ष ओलीले धेरै दलले निर्वाचनका लागि उम्मेदवार तोक्ने काम भइसकेको अवस्थामा तराईमा निर्वाचन हुन नदिने षड्यन्त्रका रुपमा स्थानीय तह थपेर विवाद निकाल्न खोजेको आरोप लगाउँदै देश जोगाउने र बनाउने कुरामा एमालेले कसैसँग कुनै सम्झौता नगर्ने धारणा व्यक्त गरे ।

स्थानीय तहको निर्वाचनमा सरकारले अख्तियारको दुरुपयोग गरी अवैधानिक तवरले धाँधली गर्ने, मतदातालाई प्रलोभनमा पार्ने उद्देश्यले अर्बौको रकम बाँडेको आरोप लगाउँदै ओलीले अहिले भएको स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानमा एमालेले जित्ने निश्चित भएपछि नेपाली काँग्रेस र माओवादी केन्द्रले मतगणनामा विवाद गरिरहेका छन् भने ।
कार्यक्रममा एमाले पोलिव्यूरो सदस्य सानु श्रेष्ठ, एमाले केन्द्रीय सदस्य सोम मिश्र, एमालेका युवा नेता महेश बस्नेत, जिल्ला अध्यक्ष राजेन्द्र राजथला, नवनिर्वाचित मेयर बासुदेव थापा, उपमेयर जुना बस्नेतलगायतले एमालेले गाउँ नगरको विकास गरी काम गरेर जनतालाई देखाउने प्रतिवद्धता व्यक्त गरे ।
८ जेठ २०७४

वि.सं.२०७४ जेठ ८ सोमवार १९:४४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...