back
NMB ad

सामुदायिक वनबाट पच्चीस लाख घरधुरी लाभान्वित, के के छन् फाइदा ?

Kumari bank ad

काठमाडौँ । सामुदायिक वनको प्रयोगबाट २५ लाख घरधुरी लाभान्वित भएका छन् । वन विभागले दिएको जानकारीअनुसार देशभरका २४ लाख ६१ हजार ५४९ घरधुरी लाभान्वित भएका हुन् । विभागका अनुसार एक करोड १८ लाख ४४ हजार जनताले सामुदायिक वनको प्रयोग गरेका छन् ।

विभागका सामुदायिक वन महाशाखा प्रमुख अनुज शर्माले देशभर १८ लाख १३ हजार ४७८ हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको जानकारी दिए । उनले भने “पछिल्लो समय सामुदायिक वन दर्ता गर्ने सङ्ख्यामा वृद्धि भएको छ ।”

गत वर्ष १८ हजार ६०० सामुदायिक वन रहेकामा यस वर्ष १९ हजार ३६१ सामुदायिक वन पुगेको शर्माले बताए । सामुदायिक वन हिमाल र तराईको तुलनामा मध्यपहाडी क्षेत्रमा बढी रहेको छ । नेपालमा सबैभन्दा धेरै सामुदायिक वन धादिङमा ६८१ वटा रहेका छन् भने मुस्ताङमा कुनै पनि सामुदायिक वन रहेको छैन ।

वन संरक्षण गरी मानिसको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले २०३० सालमा सिन्धुपाल्चोकको ठोकर्पा वनबाट सामुदायिक वनको सुरुवात गरिएको थियो । ठोकर्पाका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको सक्रियतामा सामुदायिक वनको सुरुवात गरिएको वन विभागले जनाएको छ ।

जेठ ९, २०७४

वि.सं.२०७४ जेठ १० बुधवार १०:०४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...