back
NMB ad

भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा

Kumari bank ad

धनकुटा । जिल्लाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

धनकुटा जिल्लामा अवास निर्माण अनुदानस्वरुप सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइसमक्ष माग भएको रु नौ करोडमध्ये पाँच करोड निकासा भएको जिल्ला समन्वय समिति, धनकुटाका स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले बताए ।

पहिलो किस्ताबापत रु ५० हजार वितरण गर्न सम्झौता गरिएका एक हजार पीडितलाई कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत रकम निकासा गरिएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।

निकासी गरिएको रकम जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा रहेका वित्तीय संस्था धनकुटास्थित राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, माछापुच्छ«े बैंक, जनता बैंक, पाख्रिबास, लक्ष्मी बैंक, हिले र काबेली विकास बैंक, धनकुटा शाखामार्फत वितरण गर्ने तयारी गरिएको जनाइएको छ ।

आवास निर्माणका लागि पीडितहरु सम्बन्धित नगर र गाउँपालिकाका प्राविधिकको सल्लाह बमोजिमका भूकम्पप्रतिरोधात्मक घरनक्सा पास गरी निर्माणका तयारीमा रहेका स्थानीय प्राविधिकहरु बताउँछन् ।

जिल्लामा प्राविधिकसहितको अन्तिम सर्भेक्षण गरी चार हजार ४९२ घरधुरीमध्ये रु तीन लाख अनुदान रकम पाउने दुई हजार ७९६ घर निर्माणको तयारीमा रहेको स्थानीय विकास अधिकारी सापकोटाले बताए ।
१२ जेठ २०७४

वि.सं.२०७४ जेठ १२ शुक्रवार १०:०६ मा प्रकाशित

You can share this post!

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...