back
NMB ad

सगरमाथा आधार शिवर जाने क्रममा सिंगापुरकी पदयात्रीको निधन

Kumari bank ad

काठमाडौ । सर्वोच्च शिखर सगरमाथाको आधार शिविर जाने क्रममा सिंगापुरकी पदयात्री वाङ कुम लिङ मेइको शुक्रबार निधन भएको छ । ४७ बर्षीया वाङ कुमको पाँच हजार एक सय मिटरको उचाईमा रहेको लवुचेमा चिसोका कारण निधन भएको हो । उनी बुधवारदेखि विरामी परेकी थिईन् ।

पर्यटक प्रहरी अनुसन्धान शाखाका प्रमुख दिनेश थापाका अनुसार लाङटाङ रिट्रेक कम्पनीबाट पदयात्रामा गएकी वाङ कुमको शुक्रबार बिहान निधन भएको हो । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित लवुचेमा उनको निधन भएको हो ।

लवुचेबाट फिरेचे करीव एक घण्टाको दुरीमा रहेको छ । उनलाई फिरिचेमा रहेको अस्पतालसम्म नपुरयाइएको पदयात्रामा रहेका उनका साथीले प्रहरीलाई जानकारी गराएका छन् । वाङ कुमको साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । वाङ कुमको शव काठमाडौ ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मितिः २०७४ जेठ १२

वि.सं.२०७४ जेठ १२ शुक्रवार १६:३७ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...