back
NMB ad

एफएनसीसीआइ प्रदेश नम्बर ७ को अध्यक्षमा शंकरबहादुर बोगटी निर्विरोध !

Kumari bank ad

डडेल्धुरा । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश उद्योग बाणिज्य महासंघ अन्तर्गत प्रदेश नम्बर ७ को प्रथम साधारण सभाले कैलाली उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष शंकरबहादुर बोगटीको अध्यक्षतामा १० जना कार्य समितिको चयन गरेको छ ।

डडेल्धुरामा शनिबार अबेर राति भएको साधारण सभाले अध्यक्ष, कोषाध्यक्ष र जिल्ला तथा नगरका ५ जना सदस्यहरुलाई निर्विरोध चयन गरेको हो । कोषाध्यक्षमा राम कुमार भण्डारी र सदस्यहरुमा चेतराज भट्ट, माधव प्रसाद जोशी, सुरेश सिंह थापा, दीपक बहादुर महता र दान बहादुर सुर्मेली निर्विरोध भएका हुन ।
यता २ उपाध्यक्ष र एक एशोसियट सदस्य निर्वाचित भएका हुन् । जिल्ला तथा नगर उपाध्यक्षमा कृष्णप्रसाद पाठक र डम्बरबहादुर भण्डारीले समान ५ ५ मत पाएपछि गोला प्रथाबाट पाठक विजयी भएका छन् । त्यस्तै एसोसियट तर्फको उपाध्यक्षमा युवा व्यवसायी हरिशंकर ठाकुर २७ मत प्राप्त गरी विजयी भएका छन् । उनले अनिल कुमार भोजानियालाई २ मतले पराजित गरेका थिए ।

त्यस्तै एसोसियट तर्फ सदस्यका लागि भएको निर्वाचनमा जनकराज जोशी २८ मत ल्याएर वियजी भएका छन् । उनले बम बहादुर शाहलाई ३ मत अन्तरले पराजित गरेका थिए । विजयी पदाधिकारीहरुलाई शनिबार नै पद तथा गोपनियताको सफल ग्रहण गराइएको थियो ।

प्रकाशित मितिः २०७४ जेठ १४

वि.सं.२०७४ जेठ १४ आइतवार १३:०७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...