back
NMB ad

राष्ट्रपतिद्वारा हिमालयन ट्राभल मार्टको शुभारम्भ

Kumari bank ad

काठमाडौँ । पर्यटकका लागि नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘हिमालयन ट्राभल मार्ट २०१७’ सम्मेलन सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल गेट वे टु दी हिमालय’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनको आज यहाँ आयोजित एक समारोहमा शुभारम्भ गरिन् । सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको पर्यटनलाई विश्वसामु प्रवद्र्धन गर्न सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरिन् ।

पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले सम्मेलनले भूकम्पपछि पनि नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश दिने बताइन् । भण्डारीले नेपाल विश्वमा पर्यटकका लागि उत्तम आकर्षण स्थल रहेको उल्लेख गरिन् ।

कार्यक्रमका मुख्य वक्ता तथा एयर इन्डियाका प्रबन्ध निर्देशक अस्विनी लोहनीले नेपालको पर्यटन पूर्वाधार विकासका लागि सूचना प्रविधि, सुरक्षा एवम् विश्वलाई जोड्ने विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आतिथ्यमा नेपाल पर्यटन बोर्ड मुख्य आयोजक र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर कार्यकारी आयोजक रहेको सो सम्मेलनमा स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीको सहभागिता रहेको छ ।

आजको सम्मेलनमा विभिन्न ५३ देशका २५० जना प्रतिनिधि सहभागी रहेको आयोजकले जनाएको छ । यस सम्मेलनमा विश्वमा पर्यटनका क्षेत्रका क्रेता र बिक्रेताका विषयमा जानकारी आदानप्रदान गरिनेछ ।

सम्मेलनमा पाटाका अध्यक्ष सारह म्याथुले नेपालमा सुरु भएको सम्मेलनले पर्यटन क्षेत्रमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने भएकाले महत्वपूर्ण रहेको बताए । उनले मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले नेपाललाई विश्वसामु उपयुक्त पर्यटकीय गन्यव्यस्थल हो भन्ने सन्देश दिन खोजिएको धारणा राखेका थिए ।
१९ जेठ २०७४

वि.सं.२०७४ जेठ २० शनिवार १०:५७ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...