back
NMB ad

सेयर बजारबाट मंगलबार करोडौं कमाउनेमा को को परे ? ३४ अंकले बढ्यो नेप्से

Kumari bank ad

मंगलबार सेयर बजार परिसूचक नेप्से ३४.७२ अंकले बढेर १६३७.३७ विन्दुमा आइपुगेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ ।

मंगलबार कुल १४८ कम्पनीको ९१ करोड ९३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । सेयर बजारमा ७, ८८६ सेयर कारोबारबाट कुल १५ लाख १६ हजार २०२ कित्ता सेयर किनबेच भएका छन् ।

मंगलबार उत्पादनमूलकबाहेक बाँकी सबै समूहका परिसूचक उकालो लागेका छन् । उत्पादनमूक समूहमा १४.०६ अंकले गिरावट आएको छ । यता, बिमा समूहको सूचकले मंगलबार छलाङ मारेको छ । बिमा सूचक १७२.५७ विन्दुले बढेको छ । यसैगरी, होटेल सूचक ६२.४५ अंकले माथि लागेको छ । पुँजी बजारमा अधिक हिस्सा ओगट्ने वाणिज्य बैंक समूहमा ३५.८२ अंकको वृद्धि देखिएको छ ।

मंगलबार कारोबार रकममा आधारमा सिभिल बैंकले बाजी मारेको छ । सिभिलको ७ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो । कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः स्टान्डर्ड चार्टर्ड बैक र सिद्धार्थ इन्सुरेन्स परेका छन् ।

nepse jesth 23

नयाँ सरकार गठन गर्न राजनीतिक दलहरुबीच सहमति भएपछि पुँजी बजार पनि हौसिएको देखिन्छ । राजनीतिक ध्रुवीकरण बढ्दा सुस्त भएको सेयर सूचक मंगलबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने बाटो खुला हुँदा लगानीकर्ता हौसिएको बताईन्छ।

प्रकाशित मितिः २०७४ जेठ २३

वि.सं.२०७४ जेठ २३ मंगलवार १५:५१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...