back
NMB ad

अब चुरोट बिक्री गर्न नपाइने, बिक्री गरे रु १० हजार जरिवाना

Kumari bank ad

काठमाण्डौं । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन बनाएको चार वर्षपछि सरकारले बल्ल खिल्ली चुरोट बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

स्वास्थ्य मन्त्रालयले उक्त ऐन २०६८ को दफा ११ को उपदफा ४ का आधारमा अबदेखि कुनै पनि पसलबाट खिल्ली चुरोट बिक्री गरेको पाइएमा १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था गरेको हो ।

स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले अनुगमनका क्रममा कानुनविपरीत कसैले खिल्ली चुरोट बिक्री गरेको पाइएमा कारबाही गर्ने बताए  सबैभन्दा पहिले यसबारे जनचेतना फैलाउने तयारीमा मन्त्रालय रहेको उनले बताए । ‘यसै पनि आमनागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने धूमपानलगायत सुर्तीजन्य पदार्थ बिक्री र सेवन गर्नु हुन्न ।

कानुनले पनि त्यसलाई रोक लगाएको छ । यसबारे चेतना भए पनि आर्थिक फाइदाका लागि चुरोट बिक्री भइरहेको छ अनि नेपालीले जानीजानी आफ्नो स्वास्थ्य जोखिममा पारिरहेका छन्, उनले भने, ‘पछिल्लो समय खिल्ली चुरोट बिक्री गर्ने र खाने चलन बढेको छ । त्यसलाई निरुत्साहित गर्न मन्त्रालयले यस्तो निर्णय गरेको हो ।’

ऐनको दफा ११ को उपदफा ४ मा कसैले पनि फुटकर रूपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्रीवितरण गर्न नपाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यवस्था गर्नसक्ने उल्लेख छ । त्यसैका आधारमा मन्त्रालयले खिल्ली चुरोट बिक्री गर्न नपाइने निर्णय गर्दै राजपत्रमा समेत प्रकाशित गरिसकेको उनले बताए ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली २०६८ को नियम ७ ले उत्पादकलाई चुरोटको प्याकेट कम्तीमा बीस खिल्ली अटाउने गरी तयार गर्नुपर्ने व्यवस्था गरेको छ । तर पनि कतिपय ब्रान्डका प्याकेट १० खिल्लीमै तयार गरेको पाइएको छ ।

सरकारले यसअघि सुर्तीजन्य पदार्थका प्याकेटमा ९० प्रतिशत चेतावनीयुक्त चित्र र सन्देश छापेर बिक्री गर्नुपर्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थको प्याकेट, ‍र्‌यापर्स, बट्टाबाहिर न्यूनतम ७५ प्रतिशत भागमा फोक्सो, घाँटीको क्यान्सर, अप्रत्यक्ष धूमपानले बालबालिकाको मृत्यु भएको चेतावनीमूलक चित्र र सन्देश छापिने गरिएकोमा मस्तिष्कघात र मुखको क्यान्सर भएको थप चित्र छाप्ने निर्णय गरे पनि कार्यान्वयनमा आउन नसकेको हो ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्रीमा कमी ल्याउन र सर्वसाधारणमा यससम्बन्धी चेतना फैलाउन चेतावनीमूलक चित्र र सन्देशको दायरा बढाएको मन्त्रालयका अधिकारीहरूको भनाइ थियो ।

ऐनमा सार्वजनिक स्थलमा चुरोटलगायत सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भन्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउनसकेको छैन । ऐनमा सार्वजनिक स्थान, घर तथा निजी सवारीसाधनभित्र धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने उल्लेख छ ।

यस्तै सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रायोजन गर्न नपाइने, अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन नपाउने प्रावधानसमेत छ ।

नेपालमा बर्सेनि सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने क्यान्सरलगायत रोगबाट १७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको चिकित्सक बताउँछन् । नेपालमा अहिले पनि चेतावनीयुक्त चित्र र सन्देश नभएका सुर्तीजन्य पदार्थ आयात भइरहेका छन् ।

तथ्यांकअनुसार नेपालमा ५३ प्रतिशत पुरुष र १३ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । २० प्रतिशत नेपाली किशोरकिशोरीले धूमपान तथा सुर्ती सेवन गर्ने गरेको पाइएको छ ।
यस्तै ३८ प्रतिशत किशोरकिशोरी घरमा अरूले गरेको धूमपानबाट पीडित हुने गरेका छन् । घरभन्दा बाहिर बन्द सार्वजनिक स्थानहरूमा ४८ प्रतिशत किशोरकिशोरी अरूले गरेको धूमपानबाट समेत पीडित छन् ।

प्रकाशित : अन्नपूर्ण पोष्ट, ४ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन ४ मंगलवार १०:४३ मा प्रकाशित

You can share this post!

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...