back
NMB ad

नापतौल चेकजाँचबाट करिब एक करोड राजस्व सङ्कलन

Kumari bank ad

काठमाडौँ।नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चेकजाँच र नयाँ अनुमति वितरणबाट रु ९८ लाख सात हजार ७३८ राजस्व सङ्कलन गरेको छ । १० हजार ५७८ साधन चेकजाँच तथा नयाँ अनुमति वितरणबाट उक्त राजस्व सङ्कलन भएको हो ।

वैशाख महिनामा काभ्रेपलाञ्चोक जिल्लामा ३५० फर्म, काठमाडौँको वनस्थलीमा १० फर्म र बूढानीलकण्ठ तथा वसुन्धरा क्षेत्रमा सातवटा फर्म अनुगमन गरी नियम विपरीत सञ्चालन गरेको भन्दै रोक्का गरिएकोे थियो ।

कार्यालयले नापतौल चेकजाँच नगरी सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया जारी राखेको छ । कार्यालयका प्रमुख शशीभूषणकुमार यादवका अनुसार धेरै व्यापारीले नापतौल चेकजाँच नै नगरी सामान बिक्री वितरण गरेको पाइएकोले त्यस्तोलाई कारबाही अगाडि बढाएको हो ।

कार्यालयले नापतौल यन्त्र नयाँ अनुमति तथा इजाजत वितरण, नापतौल यन्त्र चेकजाँच, पेट्रोलियम पदार्थ वितरण पम्प चेकजाँच, सवारी ट्याङ्क जाँच लगायत कार्य गर्दै आएको छ ।

प्रकाशित मितिः२०७४ जेठ २६

वि.सं.२०७४ जेठ २६ शुक्रवार ०८:४४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...