back
NMB ad

एनबी इन्सुरेन्स कम्पनीको १९औं शाखा जावलाखेलमा, छिट्टै १ः१ अनुपातमा सेयर निस्काशनको तयारी

Kumari bank ad

काठमाडौं । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९औं शाखा ललितपुरकोे जावलाखेलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले गरेका थिए ।

सो अवसरमा बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की र निर्देशक राजुरमण पौडेलको उपस्थिती रहेको थियो । सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, हवाई उडान सेवा प्रदायक कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा चिरञ्जिबी चापागाईंले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिंदै बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए । सो अवसरमा बिमा क्षेत्रको विकास र विस्तार गरी अग्रिणी बीमा कम्पनीको रुपमा एनबी इन्सुरेन्स कम्पनीलाई स्थापित गर्न सफल मिलोस भनि शुभकामना व्यक्त गरे । सोही अवसरमा अध्यक्ष चापागाई सबैले आ–आफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न पनि सबैलाई अग्रह गरे ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीको आज उद्घाटन भएको शाखा सहित १९ वटा शाखा, ४ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिए । उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले हालै १ शेयर बराबर १ शेयरका दरले हकप्रद शेयर प्रदान जारी पश्चात कम्पनीको चुक्ता पूंजी रु.५४ करोड पुग्ने जानकारी गराउंदै निकट भविष्यमा नै कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी गराए ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आ.ब. २०७२।०७३ मा ३५ करोड बीमा शुल्क आर्जन गरेकोमा चालु आ.ब. को तेश्रो त्रेमाससम्ममा रु. ४९ कारोड बीमा शुल्क आर्जन गरी रु.६ करोड २० लाख खुद मुनाफा आर्जन गरेको र हालसम्म करिब रु.६० करोड बीमा शुल्क आर्जन गर्न सफल भएतापनि व्यवस्थापन उक्त सफलताबाट खुशी नरहेको र प्रयास निरन्तर जारी रहने व्यहोरा जानकारी गराए ।

२९ जेठ २०७४

वि.सं.२०७४ जेठ २९ सोमवार २०:१९ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...