back
NMB ad

परिक्षाको मुखमा क्याम्पस भने बन्द !

Kumari bank ad

डेल्धुरा । बिबिएस दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएपनि डडेल्धुराको भिमदत्त बहुमुखी क्याम्पसको अध्ययन अध्यापन अझै ठप्प रहेको छ । असार २५ गतेदेखि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा सूची आइसकेको छ तर क्याम्पसमा भने अध्ययन र अध्यापन बन्द रहेको छ ।
क्याम्पसको आफ्नो भवन नहुँदा अध्ययन अध्यापन सञ्चालन हुन नसकेको क्याम्पस सञ्चालकको भनाइ रहेको छ ।

विसं २०६५ देखि महेन्द्र नमुना मावि परिसरभित्र सञ्चालनमा आएको क्याम्पसले नौ वर्षसम्म आफ्नो भवन बनाउन सकेको छैन । महेन्द्र नमुना माविले विद्यालयभित्र क्याम्पस सञ्चालन गर्न नदिएपछि विगत एक महिनादेखि क्याम्पसको पठनपाठन ठप्प बनेको हो । बिबिएस प्रथम वर्षमा मात्रै ६०÷६५ जना विद्यार्थी अध्ययनरत थिए ।

क्याम्पस बन्द भएपछि प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी घर बस्न बाध्य छन् । अन्य क्याम्पसमा अध्ययरनरत विद्यार्थी परीक्षाको तयारीमा जुटेको समयमा भिमदत्त क्याम्पस भने बन्द छ ।

सदरमुकाम खलङ्गामा रहेको महेन्द्र नमुना माविमा क्याम्पस सञ्चालन गरिएको थियो । अहिले बसपार्कको पूर्वमा क्याम्पसको भवन निर्माणाधीन अवस्थामा रहेको छ । व्यवस्थापन समिति र क्याम्पस प्रमुखले क्याम्पस सञ्चालनका लागि चासो नदेखाउँदा क्याम्पस बन्द भएको क्याम्पसका शिक्षक प्रकाश चटौतले जानकारी गराए ।

उनका अनुसार विद्यार्थीले बारम्बार क्याम्पस कहिले सन्चालनमा आउँछ भनी सोध्ने गरेका छन् तर कहिले सञ्चालनमा आउने उनीसँग जवाफ छैन ।

क्याम्पस प्रमुख तथा व्यवस्थापन समिति अध्यक्षले यो विषयमा कुनै जानकारी नै गराउँदैनन् भने अभिभावकले पनि क्याम्पस सञ्चालनका लागि कुनै चासो नदेखाएको विद्यार्थी बताउँछन् । गोरखापत्र दैनिकबाट

प्रकाशित मितिः २०७४ जेठ ३०

वि.सं.२०७४ जेठ ३० मंगलवार १०:२२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...