back
NMB ad

गणेश हिमालको प्रचार गर्न ‘रुवीभ्याली’ गीति एल्बम विमोचन

Kumari bank ad

काठमाडौँ। धादिङ जिल्लाको हिमाली क्षेत्र गणेश हिमाल र रुवीभ्यालीलाई समेटेर तयार पारिएको गीति एल्बम ‘रुवीभ्याली’को आज विमोचन गरिएको छ ।

गायक तथा सङ्गीतकार जयवीर तामाङले सो एल्बमका गीतमा स्वर दिएका छन् ।

नयाँ गन्तव्य नेपाल नामक संस्थाद्वारा आयोजित एक कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले सो एल्बमको विमोचन गर्दै सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्व बोकेको रुवीभ्यालीलाई राष्ट्रिय स्तरमा चिनाउनु जरुरी रहेको बताए ।

उनले भने “रुवीभ्यालीलाई नेपालकै गौरव गर्नसक्ने भ्यालीका रुपमा विकास गर्नुपर्छ ।”

अध्यक्ष वाग्लेले मुलुकको पहिचान राजनीतिले भन्दा पनि भाषा, संस्कृति र संस्कारले हुने बताउँदै यसको विकासका लागि गीति एल्बमले महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे।

राससका समाचार प्रमुख सूर्यचन्द्र बस्नेतले गणेश हिमालको काखमा रहेको रुवीभ्यालीको संरक्षण र सम्बद्र्धन गरी पर्यटकको उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्नु जरुरी रहेको छ भने ।

पर्यटन व्यवसायी एवम् काँग्रेस धादिङका नेता कुलबहादुर गुरुङले अथाह सम्भावना बोकेको रुवीभ्यालीलाई देशकै नमुना भ्यालीको रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याए ।

नेकपा (एमाले) धादिङका नेता रेशम तामाङले गीति एल्बमले रुवीभ्याली क्षेत्रको बारेमा यथार्थ चित्रण गरेको छ भने ।

नेकपा (माओवादी केन्द्र) धादिङका नेता रामसिंह तामाङले तामाङ समुदायको अत्याधिक बाहुल्यता रहेको रुवीभ्याली र तामाङ जातिको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन जरुरी रहेको बताए।

नयाँ गन्तव्य नेपालका अध्यक्ष ग्यालवाङ तामाङ, नेपाल तामाङ सङ्घ धादिङका अध्यक्ष फेलामा तामाङ, नेविसङ्घ धादिङका नेता डेभिड घलेलगायतले रुवीभ्यालीको विकासका लागि राजनीतिक दलभन्दा बाहिर रहेर काम गर्नुपर्नेमा जोड दिए ।

समुद्र सतहदेखि एक हजार ९०० मिटरदेखि सात हजार मिटर उचाइसम्म रहेको रुवीभ्याली सेर्तुङ, तिप्लिङ र लापा गाविस मिलेर बनेको छ । पर्यटकीय क्षेत्रका रुपमा रहेको रुवीभ्यालीमा रातो ढुङ्गा (रुवी), यार्सागुम्बा, फलामखानी रहेको छ भने प्याराग्लाइडिङको राम्रो सम्भावना रहेको छ ।रासस
प्रकाशित मितिः २०७४ जेठ ३१

वि.सं.२०७४ जेठ ३१ बुधवार १८:०५ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...