back
NMB ad

चितवनमा हावाहुरीले करोडौँको केराखेती नष्ट

Kumari bank ad

चितवन। चितवनमा बुधबार बिहान आएको हावाहुरीका कारण करोडौँको केराखेती नष्ट भएको छ । बिहान करिब ४ बजेतिर भारी वर्षा सहित आएको हावाहुरीले केरा ढलाएर नष्ट गरेको हो ।

किसानको प्रारम्भिक जानकारीअनुसार करिब रु ४ / ५ करोडको केरा नष्ट गरेको अनुमान गरिए पनि विस्तृत विवरण भने आइसकेको छैन । पन्तले आफ्नो केरा बगानको १० बिगाहा क्षेत्रको केरा पूर्ण नष्ट भएको बताए ।

चितवन केरा उत्पादक सङ्घका निवर्तमान अध्यक्ष यज्ञ सुुवेदीले चैनपुरमा लगाएको करिब २० बिगाहाको केरा क्षति भएको बताए । हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुुगेको छ ।

पछिल्ला केही वर्षदेखि बिमा कार्यक्रम सुरु भएकाले किसानले केही राहत पाउँदै आएका छन् । चितवन केरा उत्पादक सङ्घका अनुसार अघिल्लो वर्ष दुई हजार ४ सय  बिगाहामा केराखेती भएकामा यो वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६ सय २० बिगाहा पुगेको छ ।

जिल्लामा वार्षिक रु एक अर्बको केराको कारोबार हुँदै आएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लामा कृषि बिमा भने सोचेअनुसार हुन सकेको छैन ।

 प्रकाशित मितिः २०७४ असार १

वि.सं.२०७४ असार १ बिहीवार १०:२६ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...