back
NMB ad

एकै पटक ६ सय प्रतिशत हकप्रद जारी गर्ने ईन्स्योरेन्स बारे जान्नुहोस !

Kumari bank ad

काठमाडौ । एभरेष्ट ईन्स्योरेन्सले चुक्ता पूँजी बढाउन २० प्रतिशत बोनस सेयर र त्यसपछि ६०० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । एभरेष्ट ईन्स्योरेन्सको असार १ गते बसेको संचालक समिति बैठकले पाँच वटा बार्षिक साधारणसभा अर्थात् १८ औं, १९ औं, २० औं, २१ औं र २२ औं साधारणसभा एकैपटक असार २३ गते आयोजना गर्ने निर्णय गर्दै बोनस तथा हकप्रदको प्रस्ताब गरेको हो ।

कम्पनीले २०७१ चैत्र १२ गतेको साधारणसभाबाट पारित भएको १५० प्रतिशत हकप्रदलाई परिमार्जन गरी ६०० प्रतिशत हकप्रदको प्रस्ताब ल्याएको हो ।

२० प्रतिशत बोनस र त्यसपछिको ६०० प्रतिशत हकप्रदले उसको पूँजी ८४ करोड मात्र पुग्नेछ । बाँकी पूँजी चालु आर्थिक बर्ष र अर्को बर्षको बोनसबाट पुर्याउने लक्ष्य राखेको देखिन्छ । यस पटक घोषणा गरिएको बोनस पाउन र साधारणसभामा भाग दिन असार ८ गतेसम्ममा सेयर किनिसक्नु पर्नेछ ।

Everest-Insurance final

हाल १० करोड चुक्ता पूँजी रहेको एभरेष्टको चुक्ता पूँजी बीमा समितिको निर्देशन अनुसार २०७५ असार मसान्तसम्ममा एक अर्ब पुग्नुपर्नेछ ।

बिगत ५ बर्षदेखि कम्पनीको साधारण सभा हुन सकेको थिएन ।एभरेष्ट इन्स्योरेन्स केही बर्ष अघि नक्कली अग्नि बीमा दावी भुक्तानी काण्डले बीमा समितिको कारबाहीमा परे पनि हालैका बर्षहरुमा उसको अबस्था सुधार हुँदै गएको छ ।

everest insuirance

प्रकाशित मितिः २०७४ असार २

वि.सं.२०७४ असार २ शुक्रवार १०:२५ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...