back
NMB ad

काठमाडौको चक्रपथ भित्र मोटरसाईकल चलाउन प्रतिबन्ध… !

Kumari bank ad

काठमाडौ । सरकारले काठमाडौको चक्रपथ भित्र मोटरसाईकल संचालनमा प्रतिबन्ध लगाउने तयारी थालेको छ । यातायात ब्यवस्था बिभागले सवारी दुर्घटना तथा यातायात अबरोधको अबस्थामा कमी ल्याउन मोटरसाईकल संचालन बन्द गर्ने तयारी गरेको अधिकारीहरुले जनाएका छन् ।

शहरी सवारी ब्यवस्थापनमा साना सवारी नै मुख्य बाधक रहेको ठहर गर्दै रिंगरोड भित्र मोटरसाईकल प्रबेश निषेध गर्ने बारेमा यातायात ब्यवस्था बिभागले छलफल अगािड बढाएको छ । मोटरसाईकलमा प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी साधान सर्बसुलभ बनाईने बिभागले जनाएको छ ।

यातायात ब्यवस्था बिभागका महानिर्देशक रुपनारायाण भट्टराईले मोटरसाइकल हटाउने बिषयले आम मानिसमा आवत जावत कसरी गर्ने भन्ने प्रश्न स्वभाविक रुपमा उठ्ने भए पनि सार्वजनिक सवारीको सरल र सहज उपलब्धताको ग्यारेन्टी गरिने बताएका छन् ।

काठमाडौ उपत्यकामा पाँच लाख मोटरसाईकल र तीन लाख अन्य सवारी साधन रहेको आँकलन गरिएको छ । उपत्यकामा ४० लाख भन्दा बउी मानिसको बसोबार रहेको र सार्वजनिक सवारी साधन उपयोग गर्नेको संख्या बढ्दै गएको सरकारी अधिकारीहरुको भनाई छ । कारोबार दैनिकबाट

फोटोः गुगलबाट

प्रकाशित मितिः २०७४ असार २

वि.सं.२०७४ असार २ शुक्रवार १०:३९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...