back
NMB ad

कस्ता पर्यटकले नेपालमा बढि घुम्न मन पराउँछन् ? जान्नुहोस्

Kumari bank ad

काठमाडौ। नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये बिदा/मनोरञ्जन/यात्रामा आउने पर्यटक बढी छन् । विगत एक दशकको पर्यटक आगमनको तथ्याङ्क हेर्दा बिदा/मनोरञ्जन/यात्रा, पदयात्रा/पर्वतारोहण तथा तीर्थयात्रासम्बन्धी उद्देश्यले आउने पर्यटकको अनुपात दुई तिहाइभन्दा बढी छ ।

सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार सन् २०१६ मा नेपाल आएका कुल पर्यटकमध्ये ६५ प्रतिशतले बिदा÷मनोरञ्जन÷यात्राको उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।

यस्तै ११ प्रतिशत तीर्थयात्रा, आठ दशमलव ८३ प्रतिशत पर्वतारोहण/पदयात्रा, तीन दशमलव २३ प्रतिशत व्यापार, दुई दशमलव ८३ प्रतिशत कार्यालयसम्बन्धी, एक दशमलव सात प्रतिशत सभा/सम्मेलन र सात दशमलव ४१ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।

सन् २०१६ मा सात लाख ५३ हजार दुई पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डको विवरणअनुसार नेपाल भ्रमणमा आएका कुल पर्यटकमध्ये सन् २०१५ मा ७१ प्रतिशत, सन् २०१४ मा ५० र २००७ मा ४१ प्रतिशत पर्यटक बिदा/मनोरञ्जन/यात्राका लागि आउने गरेका छन् । रासस

प्रकाशित मितिः २०७४ असार ४

वि.सं.२०७४ असार ४ आइतवार १५:३९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...