back
NMB ad

तपाई एक्लैले हाईड्रोको १० हजार कित्ता आईपीओ किन्ने आजैमात्र छ अवसर,भोलिदेखि पाईन्न !

Kumari bank ad

काठमाडौ । हिमालयन पावर पार्टनरको आइपीओ भर्ने आज (सोमबार) अन्तिम दिन हो । कम्पनीले यसअघि छिटोमा आज अर्थात असार ५ गते र ढिलोमा असार १५ सम्म भर्न पाइने जनाएको थियो । तर यो अवधि सम्म आवश्यक भन्दा बढि आवेदन परीसकेकोले आज कार्यालय समय सम्म मात्र यो आइपीओमा आवेदन दिन सकिनेछ ।

कम्पनीले असार १ गते देखि प्रतिकित्ता १०० रुपैयाँ दरको २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५४२ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएको छ । यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ ।

हाल हिमालयनको जारी पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ । जसमध्ये कम्पनीले जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । यसअघि कम्पनीले कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर लमजुङका आयोजना प्रभावित स्थानीयबासीलाई बिक्री गरेको थियो ।

कम्पनीको आफ्नो कार्यालय, ग्लोबल आईएमई बैंकका शाखाहरू, अन्य विभिन्न सेयर मर्चेन्ट बैंकरहरूबाट आवेदन दिन सकिनेछ ।

सेयरको दरखास्त आवेदन फारम बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको वेभसाईट www.globalimecapital.com.np मार्फत समेतबाट डाउनलोड गरी भरेर बुझाउन सकिनेछ ।

प्रकाशित मितिः २०७४ असार ५

वि.सं.२०७४ असार ५ सोमवार १०:४० मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...