back
NMB ad

अब त छुट्नै हुँदैन,२२ करोडको आईपीओ निष्काशनबारे थाहा पाईराख्नोस् !

Kumari bank ad

काठमाडौ। युनिक हाइडेल कम्पनी लिमिटेडले पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनी यसको लागि अनुमती माग्दै धितोपत्र बोर्ड पुगेको छ । उसले जेठ ३१ गते धितोपत्रमा अनुमति माग गरेको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीको लागि करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । कम्पनीको हाल ४.२ मेगावाटको बराम्ची खोला जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ ।

सिन्धुपाल्चोकमा रहेको यो आयोजनाको यसअघिको उत्पादन क्षमता १ मेगावाट रहेको थियो । बि.सं २०६७ मा यो आयोजनाको स्तरोन्नती गरिएको हो । २०७२ मा गएको भूकम्पले आयोजना प्रभावित भएको थियो भने त्यसपछिको पहिरोले पनि केही समय आयोजना बन्द हुन पुगेको थियो । गत बैशाख १७ गतेबाट भने आयोजनाले नियमित विद्युत् उत्पादन गरिरहेको छ ।

कम्पनीमा ज्ञानेन्द्रलाल प्रधानको लगानी रहेको हाइड्रो सोलुसन्स प्रालीको समेत सेयर स्वामित्व रहेको बताईएको छ ।

प्रकाशित मितिः २०७४ असार ७

वि.सं.२०७४ असार ७ बुधवार १०:२३ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...