back
NMB ad

अब चीनमा ‘बाहुबली २’ प्रदर्शन हुने !

Kumari bank ad

काठमाडौ । बक्स अफिसमा कमाईको नयाँ रेकर्ड बनाएपछि एस एस राजामौलीको फिल्म ‘बाहुबली २’ १७ सेप्टेम्बरबाट चीनमा पनि रिलिज हुने भएको छ । भारतमा जस्तै चीनमा पनि ‘बाहुबली २’ को लडाई आमिरको फिल्म ‘दंगल’ सँग हुनेछ । ‘दंगल’ चीनमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनिसकेको छ ।

‘बाहुबली २’ चीनमा ४ हजार स्क्रिनमा रिलिज हुँदैछ । तर, यो मामलामा ‘बाहुबली २’, ‘दंगल’ भन्दा पहिला नै पछाडि परेको छ किनकी आमिरको फिल्म ‘दंगल’ चीनमा ७ हजार स्क्रिनमा रिलिज भएको थियो ।

ट्रेड एनालिस्ट रमेश बालाले ट्वीट गर्दै लेखेका छन्, ‘बाहुबली २, ११ सेप्टेम्बर चीनमा ४ हजार स्क्रिनमा रिलिज हुनेछ । त्यस्तै, फिल्मका स्टार बाहुबलीको प्रमोशन गर्न चीन पनि जानेछन् ।’ रमेश बालाले अर्को ट्वीटमा जानकारी दिएका छन् कि चीनपछि ‘बाहुबली २’ यस वर्ष नै जापान, कोरिया र ताइवानमा पनि रिलिज हुनेछ ।

‘बाहुबली २’ ले अहिलेसम्म १ हजार ६ सय ८४ करोड कमाई गरिसकेको छ । त्यस्तै, ‘दंगल’ले बक्स अफिसमा वर्ल्डवाइड १ हजार ९ सय ३४ करोडको कारोबार गरेको छ ।

प्रकाशित मितिः २०७४ असार ७

वि.सं.२०७४ असार ७ बुधवार १२:२६ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...