back
NMB ad

काठमाडौमा फोहरबाट ग्यास निकाल्न सुरु,चौध किलोवाट बिजुली उत्पादन

Kumari bank ad

काठमाडौ। काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो ।

कामपा वडा नं १२ र १९ का बासिन्दाले घरबाट निकालेको जैविक फोहरबाट वायोग्यास उत्पादन गरिनेछ । यहाँ आयोजित कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरमा पूर्णरुपमा फोहर व्यवस्थापन गर्न सके यहाँको धेरै समस्या समाधान हुने बताए । यसबाट जैविक फोहर व्यवस्थापनका लागि पनि ठूलो सहयोग पुग्ने बताउँदै उनले आफ्नो घर र सहर सफा राख्नु नगरवासीको कर्तव्य रहेको औँल्याए ।

कामपा उपप्रमुख हरिप्रभा खड्गीले परम्परागत सोचमा परिवर्तन ल्याई फोहर व्यवस्थापनको दिगो कार्ययोजना निर्माण गरिनुपर्नेमा जोड दिइन् । कामपाका कार्यकारी अधिकृत ईश्वरीराज पौडेलले फोहरलाई ऊर्जाका रुपमा विकास गर्नका लागि कामपाले सुरु गरेको अभियानलाई सार्थक रुपमा अघि बढाउनुपर्ने धारणा राखे । युरोपेली सङ्घ नेपालका लागि राजदूत रिन्जे टिरिन्कले काठमाडौँलाई विश्वसामु सुन्दर सहरका रुपमा चिनाउन अत्यावश्यक रहेकामा जोड दिए ।

एकीकृत दिगो फोहरमैला व्यवस्थापन परियोजना सञ्चालनका लागि कामपाको २० प्रतिशत र युरोपेली सङ्घको ८० प्रतिशत गरी रु एक करोड ८२ लाख लगानी गरिएको छ । यसका लागि तीन मेट्रिक टन जैविक पदार्थबाट दैनिक ३०० किलोग्राम जैविक मल, १४ किलोवाट बिजुली र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन हुनेछ ।

सो परियोजना २०७० चैत १८ गतेदेखि सुरु गरिएको हो । सो परियोजनाको मुख्य लक्ष्य फोहरको स्रोत घटाउने तथा पुनःचक्रीय विधिबाट फोहरको प्रयोगसँगै फोहर नफाली आयआर्जनका लागि रुपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिनु हो ।

प्रकाशित मितिः २०७४ असार १३

वि.सं.२०७४ असार १३ मंगलवार १२:५५ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...