काठमाडौ । मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई प्रस्ताव गरेको २२ प्रतिशत बोनस सूरक्षित गर्ने बुधबार अन्तिम दिन थियो। बैंकले असार १५ गतेदेखि २६ गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ ।
मिसन डेभलपमेन्ट बैंकले असार २६ गते ७ औ बार्षिक साधारणसभा गर्न लागेको छ । यसैले साधारणसभाबाट चुक्ता पूँजी १९ करोड ४५ लाख २५ हजार रुपैयाँको २२ प्रतिशत बराबरको चार करोड २८ लाख ८३ हजार पाँच सय रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।
प्रकाशित मितिः २०७४ असार १४
वि.सं.२०७४ असार १४ बुधवार १७:४७ मा प्रकाशित