back
NMB ad

चिलीले हरायो पोर्चुगललाई

Kumari bank ad

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै चिली फिफा कनफेडेरेशन कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति रुसको कजानमा भएको सेमिफाइनलमा निर्धारित र थप गरिएको ३० मिनेटको समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

पोर्चुगलका तीन पेनाल्टी प्रहारको सुन्दर बचाउ गरेको चिलीका गोलरक्षक क्लाउडियो ब्राभो चिलीको फाइनलमा यात्रामा हिरो साबित भए । चिलीले क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई टाइब्रेकरमा ३–० ले हराएको हो । ब्राभोले रिकार्डो क्वारिज्मा, जोएओ मोटिन्हो र नानीको पेनाल्डी प्रहारको सुन्दर बचाउ गरेका हुन् । चिलीका तीनै पेनाल्टी प्रहार भने गोलमा परिणत भएर चिली फाइनलमा पुग्न सफल भयो ।

चिलीले खेलको अतिरिक्त समयमा पेनाल्टीका लागि गरेको अपिल रेफ्रीले अस्वीकार गरेका थिए भने दुई पटकको पोस्ट प्रहार गोलमा परिणत हुन सकेको थिएन । चिलीका लागि पेनाल्डीमा अटुरो भिडाल, कार्लेस एसान्गुइज र एलेक्स सान्चेजले गोल गरेका हुन् । चिलीले अब उपाधिका लागि जमर्नी वा मेक्सिकोसँग खेल्ने छ । जर्मनी र मेक्सिकोबिचको सेमिफाइनल खेल बिहीबार राति पौने १२ बजे सोचीमा हुनेछ ।
प्रकाशित मितिः २०७४ असार १५

वि.सं.२०७४ असार १५ बिहीवार १३:१९ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...