अब साउन सुरु हुने लागेको छ साउन महिनामा शिवको भक्तहरु ब्रत बस्ने गर्दछन् । यो ब्रतको महिनामा मासु बाट टाढा रहनुपर्ने हुन्छ त्यसैले छिमेकी देश भारतका एक व्यक्तिले असार महिनामै कुखुराको मासु खाने एक हप्ते बिदा माग गरेका छन् ।
हाकिमसँग बिदा माग गरिएको निवेदनमा निवेदकले कुखुराको मासु खानका लागि एक हप्ताको बिदा दिन अनुरोध गरेका छन् । छत्तिसगढको दिपिका रेलवे साइडिङमा भरिया तहको काम गर्ने पंकज नामका कर्मचारीले बिदा माग गर्दै लेखेको निवेदनमा भनेका छन्ः म पंकज राज महोदयसँग हात जोडेर निवेदन गर्दछु की आउँदो महिनादेखि साउन सुरु हुन्छ र साउनका कारण मेरो घरमा कुखुराको मासु पाक्नेछैन ।
त्यसैले मैले त्यस अवधिमा कुखुराको मासु खान पाउनेछैन । जसका कारण मेरो जिउ कमजोर हुनेछ र मैले रेलवे स्टेशनमा २४ घण्टा काम गर्न सक्नेछैन । अतः महोदयसँग निवेदन छ की मलाई चिकेन खानका लागि २० देखि २७ जुनसम्म बिदा दिनुहोला । त्यस सात दिनमा कुखुराको मासु खाएर मैल साउनको एक महिनाको लागि भरण गर्न सकूँ र रेलवे स्टेशनमा २४ सै घण्टा काम गर्न सकूँ ।’
यस्तो अनौठो निवेदन प्राप्त भएपछि स्टेशन म्यानेजरले पंकजलाई बोलाएर बिदाको बारेमा सोधे । तर जब पंकज हाकिमको अगाडि पुगे उनको कुरा फेरियो । आफूले केवल हँसिमजाकको लागि मात्र त्यस्तो निवेदन दिएको उनले बताए । साथै उनले आफ्नो त्यस्तो कार्यका लागि माफी समेत मागे ।
जब उनको त्यो अनौठो बिदा आवेदन सोसल मिडियामा पोष्ट भयो तब त्यो एकाएक भाइरल बन्यो । उक्त बिदा निवेदनप्रति सोसल मिडिया प्रयोगकर्ताहरुले अनेकथरी प्रतिक्रिया जनाएका छन् ।फाईल फोटो
प्रकाशित मितिः २०७४ असार १५
वि.सं.२०७४ असार १५ बिहीवार १४:०६ मा प्रकाशित