काठमाडौ । साताको तेस्रो दिन मंगलबार सुन तोलामा ५ सय रुपैंयाले घटेर प्रतितोला ५३ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार नेपाली बजारमा सुन प्रतितोला ५४ हजार रुपैंयामा किनबेच भएको थियो । यस्तै मंगलबार चाँदीको भाउ पति तोलामा १५ रुपैंयाले कमी आई प्रतितोला ७ सय ३० रुपैंयामा किनबेच भईरहेको छ ।
प्रकाशित मितिः २०७४ असार २०
वि.सं.२०७४ असार २० मंगलवार १२:४० मा प्रकाशित