back
NMB ad

अबको १० दिनमा ६ संस्थाको हकप्रद सेयर आउँदै,जान्नुहोस्

Kumari bank ad

काठमाडौ। असारको अब बाँकी १० दिनको बीचमा ६ संस्थाले हकप्रद सेयर जारी गर्दैछन् । असार २५ गते आइतवार अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा र रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाले २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । अल्पाइन डेभलपमेन्ट बैंकको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड र रिलायबलको सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

यता हिमालयन जनरल इन्स्योरेन्सले असार २८ गतेबाट १ बराबर १.६६६ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स, कञ्चन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका असार ३० गतेबाट हकप्रद सेयर बिक्री खुला हुने भएको छ । लुम्बिनीले १ बराबर १ अनुपातमा, सप्तकोशीले १ बराबर १.३ अनुपातमा र कञ्चनले १० बराबर ३ अनुपातमा हकप्रद सेयर जारी गर्नेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सको बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल, कञ्चन डेभलपमेन्ट बैंकको ग्लोबल आइएमइ क्यापिटल र सप्तकोशी डेभलपमेन्ट बैंकको एनएमबी क्यापिटल रहेको छ ।

प्रकाशित मितिः २०७४ आर २१

वि.सं.२०७४ असार २१ बुधवार १२:०९ मा प्रकाशित

You can share this post!

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...