back
NMB ad

महिला क्रिकेटमा मिथिला राजले बनाइन् सर्वाधिक रनको रेकर्ड !

Kumari bank ad

काठमाडौ । भारतीय महिला क्रिकेट टिमकी कप्तान मिथिला राज अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेकी छिन् । यसका साथै मिथिला महिला क्रिकेटमा ६ हजार रन कटाउने खेलाडी पनि बनेकी छिन् ।

आइसिसी महिला विश्वकप क्रिकेटमा बुधबार अष्ट्रेलियासँगको खेलमा मिथिलाले रेकर्ड बनाएकी हुन् । बुधबारको खेलमा अष्ट्रेलियाविरुद्ध ६९ रन बनाएकी उनले आफ्नो एकदिवसीय करिअरमा ६ हजार २८ रन बनाएकी छिन् । खेल हारे पनि आफूले रेकर्ड बनाउन सकेकोमा खुशी लागेको उनले बताएकी छिन् । अष्ट्रेलिया जितसँगै सेमिफाइनल प्रवेश गरेको छ ।

यसअघि सर्वाधिक रनको रेकर्ड इंग्ल्याण्ड महिला क्रिकेट टिमकी पूर्व कप्तान चार्लोटे एडवार्डको नाममा थियो । उनले ५ हजार ९ सय ९२ रन बनाएकी थिइन् । १ सय ९१ एकदिवसीय खेलेकी उनले सन् २०१६ मे मा अवकाश लिइसकेकी छिन्।

सन् १९९९ मा १६ वर्षको उमेरमा डेब्यू गरेकी मिथिलाले १ सय ८३ एकदिवसीयमा ५१ दशमलव ५२ को एभरेजमा ६ हजार रन कटाएकी हुन् । उनले १० टेष्ट र ६३ ट्वेन्टी ट्वेन्टी क्रिकेट पनि खेलेकी छिन् । मिथिलालाई सानो उमेरमा क्रिकेट खेलमा रुची थिएन । भरत नाट्यमको प्रशिक्षण लिएकी मिथिलाले क्रिकेट सुरुवात गरेर पाएको सफलताको धेरैले प्रशंसा पनि गरेका छन् ।

प्रकाशित मितिः २०७४ असार २९

वि.सं.२०७४ असार २९ बिहीवार १३:१८ मा प्रकाशित

You can share this post!

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...