back
NMB ad

लामखुट्टेको टोकाईबाट सर्ने मलेरियाका कारण सुडानमा २ हजारको मृत्यु !

Kumari bank ad

विश्वको सवैभन्दा कान्छो देश भनिने दक्षिण सुडानमा मलेरियाका कारण विगत छ महिनाको अवधिमा करिब दुई हजार मानिसको ज्यान गएको संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने निकाय (ओसिएचए)ले जनाएको छ ।

शनिबार एक प्रतिवेदन जारी गर्दै ओसिएचएले “मलेरियाका कारण दक्षिण सुडानमा एक हजार ९५६ जनाको ज्यान गएका,” जानकारी गराएको छ । प्रतिवेदनमा यस बर्षको जनवरीपछि अहिलेसम्म नौ लाख अठ्ठाइस हजार १४१ विरामीमा मलेरियाको नमूना भेटिएको जनाइएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको महामारी बर्षा ऋतुसँगै थप भयावह हुने ओसिएचएले सचेत गराएको छ ।

सन् २०१७ मा दक्षिण सुडानमा देखिएका सम्पूर्ण रोगका कारण मृत्यु हुनेको सङ्ख्या र मलेरियाको कारण मृत्यु हुनेको सङ्ख्याको तुलना गर्दा मलेरियाका कारण मृत्यु हुनेको सङ्ख्या ७६.९ प्रतिशत रहेको राष्ट्रसङ्घले जनाएको छ ।

राज्यको अवैलदेखि उत्तरी क्षेत्र, गाग्रियलदेखि पश्चिमी क्षेत्र, जुवा, माबान, टोरिट र वाउ क्षेत्र मलेरियाका कारण सवैभन्दा बढी प्रभावित क्षेत्र भएको पनि राष्ट्रसङ्को तथ्याङ्क छ । अचल पानीमा लामखुट्टेले फुलपार्ने भएकाले मध्य बर्षको बर्षायाममा लामखुट्टे बढी लाग्ने र गरिबीबाट पीडित सुडानी जनतामा यसको भयावह असर देखिने भन्दै यसमा सचेतना अपनाउन सम्वन्धित सवैमा राष्ट्रसङ्घले आग्रह गरेको हो ।

मलेरियाको महामारीपछि दक्षिण सुडानमा रोकथामका लागि स्वास्थ्य संगठनले झुल, औषधि, तथा लामखुट्टे मार्ने विषादीको प्रयोग गर्दै नियन्त्रण प्रयास भने अभियानका रूपमा जारी राखेका जनाइएको छ ।

प्रकाशित मितिः २०७४ साउन २

वि.सं.२०७४ साउन २ सोमवार १४:११ मा प्रकाशित

You can share this post!

नेपाल टेलिकमको नाफामा सामान्य वृद्धि, कुन सूचक कस्ता ?

नेपाल टेलिकमको नाफामा सामान्य वृद्धि, कुन सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:१४

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...