back
NMB ad

अमेरिकाको कोलोराडोमा विभिन्न कार्यक्रम संगै समर पिकनिक सम्पन्न

Kumari bank ad

नातिबाबु भट्ट,कोलोराडो । अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रम संगै आईतबार सम्पन्न भयो । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा तथा अमेरीकाकोलागी नेपालका राजदुत डा. अर्जुन कार्किको प्रमुख आतिथ्यता र स्थानीय नर्थग्लेन सिटीका मेयर ज्वाईसी डाउन्निङ, एनआरएन अमेरीकाका अध्यक्ष केशव पौडेल , उपाध्यक्ष रामसी पोख्रेल लगायतका ब्यक्तिहरुको बिशेष आतिथ्यतामा कोलोराडोको नर्थग्लेन सिटीस्थित रमणीय पार्कमा सम्पन्न कार्यक्रममा झण्डै ८ सय भन्दा बढि नेपालीहरुको उपस्थिती रहेको थियो ।

पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सकृय सहभागिता गराउन आयोजक संस्थाको संयोजनमा तथा कवि ज्ञानेन्द्र गदालको सहयोगमा आयोजित निवन्ध लेखन प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई नगद सहित प्रशंसा पत्र वितरण गरिएको थियो । माध्यामीक स्कूलमा अध्यानरत छात्र छात्रा विच गरिएको निवन्ध प्रतियोगीताका विजयीलाई क्रमश १ सय पचास, १ सय र पचास डलर नगद प्रदान गरिएको थियो ।

त्यस्तै आयोजक संस्थाको समन्वयमा बिभिन्न सात किसिमका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो । यसरी सञ्चालन भएका खेलकुद प्रतियोगिताहरुमा सकर, गल्फ, टेनिस, टेबुल टेनीस, भलीबल बाई साईकल रेस बास्केट बल, लगायतका रहेका थिए । कार्यक्रममा खेलकुदका बिजयी प्रतियोगीहरुलाई प्रमुख अतिथी राजदुत डा. कार्कि , बिशेष अतिथी मेयर ज्वाईसी डाउन्निङ, आयोजक संस्थाका अध्यक्ष बिनोद त्रीपाठीले र संयुक्तरुपमा ट्रफी तथा प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

बाल बालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा आई लभ नेपालको टिसर्ट लगाएर आउने मानिसहरुको उपस्थिती उलेख्य रहेको थियो । ठूलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रमामा सहभागी बाल बालिका र महिलाहरुलाई मूजिकल चियर खेल खेलाईएको थियो । सहभागीहरु एक आपसमा भलाकुसारी गर्दै रमाई रहेको देख्दा आफुलाई नेपालमै भए जस्तो भान हुन्थ्यो ।

कार्यक्रमको अन्त्यमा पिकनिक सहभागीहरु नेपाली गीत गाएर नाची मनोरञ्जन गरेका थिए । अध्यक्ष बिनोद त्रीपाठीले कार्यक्रममा उपस्थित प्रमुख अतिथी, अतिथी लगायत सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मितिः २०७४ साउन २

वि.सं.२०७४ साउन २ सोमवार १७:३४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...