back
NMB ad

अब घरमै बसेर भर्नुहोस् सेयर,कसरी भर्ने भन्ने जान्न पढ्नुहोस !

Kumari bank ad

काठमाडौ । लगानीकर्ताहरु,अब सेयर भर्न बैंकसम्म पनि जानु नपर्ने भएको छ । केन्द्रीय निक्षेप प्रणाली(सिडीएससी) अनलाइनबाटै प्राथमिक सेयर भर्ने सुबिधा सुरु गरेको छ । सिडीएससीले मेरो सेयर डट सिडीएससी डट कम डट एनपीमा नयाँ सुबिधा थप गर्दै अनलाइनबाटै सेयर भर्ने सुविधा दिएको हो ।

कसरी भर्ने त ?

प्राथमिक सेयरमा अनलाइन आबेदन दिनु अगाडि लगानीकर्ताले मेरो सेयर अनलाइनमा आफ्नो खाता खोल्नु पर्छ । त्यसका लागी लगानीकर्ताले पहिले आफ्नो हितग्राही (डीम्याट) खाता खोलेको ठाउँमा गएर एउटा फाराम भर्नुपर्छ । निक्षेप सदस्यले अधिकतम ५० रुपैयाँ लिएर लगानीकर्ताको यस्तो खाता खोलिदिन्छन् ।

त्यसपछि, लगानीकर्ताले एक पटक आफ्नो खाता रहेको बैंकबाट ‘सीआस्बा रजिस्ट्रेसन नम्बर(सीआरएन)’ लिनुपर्छ । अहिलेसम्म नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिदार्थ बैंक, प्रभु बैंक, गुडविल फाइनान्स र युनाइटेड फाइनान्सले यस्तो सुविधा दिएका छन् । नेपाल बैंक, कृषि बिकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र माछापुच्छ्रे बैंकले पनि छिटै यो सेवा सुरु गर्दैछन् ।

यो प्रक्रिया सकिएपछि लगानीकर्ताले प्राथमिक सेयरमा अनलाइन आवेदन दिन सक्नेछन् । यसका लागि मेरो सेयरको वेबसाइटमा गई ‘माई आस्बा’ भन्ने फिचरमा क्लिक गर्नु पर्छ । त्यहाँ प्राथमिक सेयर खुलाउने कम्पनीको नाम लिष्ट हुन्छ । लगानीकर्ताले आफुले चाहेको कम्पनी क्लिक गरि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मितिः २०७४ साउन ४

वि.सं.२०७४ साउन ४ बुधवार १२:५८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...