back
NMB ad

मधेसवादी दलहरुलाई कमल थापाको सुझाव

Kumari bank ad
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले जस्तै गरी चित्त बुझाएर संविधानप्रति असन्तुष्टी नजनाउन मधेसकेन्द्रीत दलहरुसँग आग्रह गरेका छन् ।
संविधानका अधिकांश बुदाँमा आफूहरुको असहमति रहेको भन्दै उनले तै पनि चित्त बुझाएर संविधान निमार्ण प्रक्रियामा राप्रपा नेपाल सहभागी भएको बताए ।
काभ्रेमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले संविधानप्रति असन्तुष्ट भएपनि चित्त बुझाएर फर्किन आग्रह गरे ।  उनले आन्दोलन फिर्ता लिएर वार्तामा आउन मधेसवादीदलहरुसँग आग्रह गरे ।
‘हामी मूलभूत कुरा नहुदाँ त चित्त बुझाएर सबैधानिक प्रक्रियामा आएका छौं,’ थापाले भने  ‘यदी उहाँहरुलाई प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास छ भने प्रजातान्त्रिक बाटोबाट अघि बढ्न म सुझाव दिन्छु । संविधान अपरिवर्तनिय रहेन ।’
तीन दलका तन नेताले स्वेच्छाचारी ढंगले संविधान लाद्ने काम भएका कारण मधेस आन्दोलन भएको अध्यक्ष थापाले बताए ।
मुख्य दलका नेताले कोठामा निर्णय गरेर संविधानसभामा लगे, ८० प्रतिशतको बहुमतको आड देखाए,  हामीहरुले प्राविधिक रुपमा हुन्छ र हुन्न भन्यौं,’ अध्यक्ष थापाले भने ‘यस्तो अवस्थामा मधेस केन्द्रीत दलहरुले निर्णय प्रक्रियाबाट बंचित भएको महसुस गरे ।’
विगतमा मधेस केन्द्रीत दलसँगसहमति पालना  गर्नुपर्ने उनले बताए । सहमति पालना गर्न सम्भव नभए दुवै पक्ष राखेर चित्तबुझ्दो ढंगबाट समस्या समाधान गर्नुपर्ने थापाले धारणा राखे  मधेसमा देखिएको समस्या साम्य गर्न वार्ता र संवाद  आवश्यक रहेको उनले बताए ।
साथै उनले मधेस केन्द्रीत दलहरुले अगिंकृत नागरिकताका विषयमा उठाएका माग उचित नभएको पनि बताए । भारतले गरेको अघोषित नाकाबन्दीलाई अध्यक्ष थापाले अत्यन्तै आपत्तीजनक भने । नेपालको एउटा समुदाय वा क्षेत्रका दलले उठाएका मागमा बारेमा समर्थन जनाएर भारतले सहयोग गर्नु नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको थापाले बताए ।
नाकाबन्दी खोल्न सरकारले कुटनीतिक पहल नै नगरेको थापाले बताए।
‘पहल गर्नुपर्ने परराष्ट्र मन्त्रालय सम्हाल्ने मन्त्री र कर्मचारी अमेरिकामा छन्,’ उनले भने ‘त्यहाँ औपचारिक रुपमा सहभागिता जनाउन किन जानु पर्दथ्यो ।’ समस्या समाधानका लागि नेताहरु पनि गाली गलौजमा उत्रिएको थापाले बताए ।
२०४५ सालमा भारतले नाकाबन्दी गर्दा आफू त्यस बेला सूचना तथा संचारमन्त्री रहेको र त्यस बेलाको सरकारले सरकारले युद्धस्तरमा काम गरेको उनले बताए ।

वि.सं.२०७२ असोज १४ बिहीवार १७:५६ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...