back
NMB ad

एफ्एन्सीसीआई पदाधिकारी भन्छन् अनुगमनका नाममा हुने धरपकड कहिलेसम्म ?

Kumari bank ad

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डल र प्रहरी महानिरीक्षक प्रकाश अर्याल बीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता सम्पन्न भएको छ । उक्त अवसरमा मुलुकको समसामयिक बिषय एवं व्यवसायीहरूले भोग्नुपरेका समस्याका विषयमा छलफल भयो ।

भेटमा महासंघका अध्यक्ष राणाले प्रहरी महानिरीक्षकलाई बधाई एवं शुभकामना दिंदै मुलुकभित्र शान्ति सुरक्षाको व्यवस्थालाई अझ बढी चुस्तदुरुस्त राख्ने काममा वर्तमान महानिरीक्षकको कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास प्रकट गरिन् । उद्यमी व्यवसायी माथिको अपहरण, हत्या, लुटपाट, कार्यस्थलमै आक्रमण जस्ता गतिविधिहरु अहिले पनि भैरहेको तर्फ ध्यानाकर्षण गराउँंदै शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी पार्न र सुरक्षाको प्रत्याभूति दिलाउन अध्यक्ष राणाले आग्रह गरिन् ।

साथै अनुगमनका नाउँमा हुने धरपकडबाट उद्यमी व्यवसायीहरू पीडित हुनु परेकाले यस्ता समस्या समाधानमा आपसी सहकार्यमा जोड दिइन् । अध्यक्ष राणाले व्यवसायीहरुलाई परेको सुरक्षा सम्बन्धी समस्या सम्बन्धमा प्रहरीसंग समन्वय गर्न प्रहरीप्रधान कार्यालयमा सम्पर्क व्यक्तिको रुपमा एक जना उपयुक्त प्रहरी अधिकृतको व्यवस्था गर्न एवं नेपाल प्रहरीका अधिकृतहरुलाई आफ्नो तालिम प्रशिक्षणको समयमा महासंघको बारेमा जानकारी हुने किसिमको कार्यक्रमहरु आयोजना गरिनुपर्ने जसबाट निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघका बारेमा जानकारी सुरक्षा निकायलाई हुन जाँदा महासंघ र प्रहरी प्रधान कार्यलयको कार्य सम्पादनमा समेत सकारात्मक प्रभाव पर्नेमा जोड दिइन् ।

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डीराज ढकाल, महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघ कार्यकारिणी समिति सदस्य दिनेश श्रेष्ठ, महासंघका महासचिव सुरेश मान श्रेष्ठ लगायतको उपस्थिति रहेको उक्त भेटमा महासंघको ७५ वटा जिल्लामा नै संजाल रहेकोले निजी क्षेत्र र प्रहरी बीच सहकार्यमा कार्य गर्दा दुबै पक्ष लाभान्वित हुने विश्वास राखियो ।

भेटमा प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरी सदैव मुलुकको समस्या समाधानमा लागिपरेको र सफल भैरहेको बताए । महासंघको तर्फबाट दिइएको सुझावलाई आफूले महत्वपूर्ण लिएको बताउँदै उनले अन्तरक्रिया लगायत आपसी सहकार्यमा व्यवसायिक सुरक्षाका लागि अगाडि बढ्ने जनाए ।

प्रकाशित मितिः २०७४ साउन १३

वि.सं.२०७४ साउन १३ शुक्रवार १२:५० मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...