back
NMB ad

नेप्से परिसूचक १०.९७ अंकले बढ्यो

Kumari bank ad

काठमाडौँ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.९७ अंकले बढेर अन्तिम दिन १६४६.५३ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार ४३३६८ कारोबारबाट ५ अर्ब ५३ करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरका ९० लाख ५८ हजार ७० कित्ता सेयरहरु खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १६.७५ प्रतिशत बढेको छ । गत साता १६५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३९४३७ कारोबारबाट चार अर्ब ७३ करोड ८२ लाख ७६ हजार रुपैयाँ बराबरका ८७ लाख ५३ हजार आठ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.७८ अंकले घटेर ३४६.२३ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (२७ करोड ७८ लाख ५० हजार रुपैयाँ) को आधारमा प्रभु इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (आठ लाख ६४ हजार कित्ता) को आधारमा नेसनल हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (३२०५ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

प्रकाशित मितिः २०७४ साउन १४

वि.सं.२०७४ साउन १४ शनिवार ०८:०४ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...