back
NMB ad

सेयरमा ७ अंकमाथिको वृद्धि हुँदा कमाउनेमा को–को परे ?

Kumari bank ad

काठमाडौ । साताको तेस्रो दिन मंगलबार सेयर बजार बढेको छ । नेप्से परिसूचक ७.५६ अंकले बढेर १६६०.२५ अंकमा पुगेको छ । होटल र बीमा क्रमशः ३.१२ र ४१.६२ अंकले घटेका छन् भने बाँकी सबै समूह बढेका छन् ।1

परिसूचक बढे पनि कारोबार रकम सोमबारको तुलनामा खासै बढेको छैन । दिनभरिमा १५८ वटा कम्पनीको २१ लाख २१ हजार दुई सय ३८ कित्ता सेयर नौ हजार तीन सय ४० पटक खरिदविक्री हुँदा एक अर्ब चार करोड ५८ लाख ९२ हजार सात सय ३८ रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल ग्रामीण विकास बैंकको सात करोड १० लाखमाथिको कारोबार भएको छ । ओरियन्टल होटल्सको झन्डै चार करोडको कारोबार भएको छ भने मुक्तिनाथ विकास बैंक र प्रभु बैंकको पनि तीन करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ, डिप्रोक्स डेभलपमेन्ट बैंक, रुरल माइक्रोफाइनान्स, छिमेक लघुवित्त, प्रभु इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।

2

नेशनल माइक्रोफाइनान्स र मिर्मिरे माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा हिमालयन डिस्टीलरी, कुबेर मर्चेन्ट फाइनान्स, जानकी फाइनान्स र जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले क्रमशः ९.९६, ९.९५, ९.९३ र ९.५७ प्रतिशतले कमाएका छन् ।

प्रकाशित मितिः २०७४ साउन १७

वि.सं.२०७४ साउन १७ मंगलवार १५:३८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...