back
NMB ad

आयल निगममाथि कारवाही गर्न लेखा समितिको निर्देशन

Kumari bank ad

काठमाडौ । संसदको लेखा समितिको शुक्रबार बसेको बैठकले नेपाल आयल निगमले पेट्रोल भण्डारणका लागि जग्गा किन्दा आर्थिक हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निगममाथि कारवाही गर्न निर्देशन दिएको छ । लेखा समितिले गरेको छानविनमा आयल निमगका अधिकारीले टेण्डरको नाममा कागज मिलाएर दलालसँग मिलेमतोमा जग्गा खरीद गरेको भनेको छ । जग्गा प्राप्तीको सरकारी कम्पनीको प्रक्रिया छलेर गोलमाल रुपमा टेण्डर गर्दै झण्डै १ अर्ब रुपैयाँ कुम्ल्याएको आरोप अहिले निगमका अधिकारीमाथि छ ।

लेखा समितिले जग्गा प्राप्ति ऐनबमोजिम खरिद गर्नुपर्नेमा निगमले टेण्डरबाट गरेको भन्दै अनियमितता भएको उसको ठहर छ । यस्तै सिधै जग्गाधनीबाट खरिद गर्नुपर्नेमा दलालबाट लिएको र सरकारी चलनचल्तीको भन्दा बढीमा जग्गा किनेको निश्कर्ष आधारित भएर कारवाही गर्न समितिले आयोगलाई निर्देशन दिएको हो ।

लेखा समितिले निगमले जग्गा किन्दा अपनाएको प्रक्रिया र जग्गा किन्दा स्थानीय क्षेत्रमा गरिएको सेटिङमाथिको छानविन गरेर दोषीलाई कारवाही गर्न अख्तियारलाई भनेको छ । अख्तियारले यसअघि नै आयल निगमबारे अनुसन्धान थालेको बताएको थियो ।

आयल निगमका प्रमुख गोपाल खड्कासहित आरोपित अधिकारी र विवादित प्रक्रियामा छानविन गरिरहेको अख्तियारले कसैलाई हचुवाका भरमा जेल हाल्न नसकिने बताएको छ । सुशासन समितिको बैठकमा अख्तियार प्रमुख दीप बस्न्यातले बाहिर आए जस्तो यो विषयमा हात बाँधेर बसेको भन्ने आरोप गलत भएको बताएका थिए ।

प्रकाशित मितिः २०७४ साउन २०

वि.सं.२०७४ साउन २० शुक्रवार १४:२० मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...