back
NMB ad

साताको नेप्से परिसूचक १७.३० अंकले बढ्यो

Kumari bank ad

काठमाडौँ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७.३० अंकले बढेर अन्तिम दिन १६६०.५८ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीहरुको कारोबार भएको हो ।

जस अनुसार ४४४८८ कारोबारबाट पाँच अर्ब २५ करोड २४ लाख १५ हजार रुपैयाँ बराबरका एक करोड पाँच लाख ८० हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५.०५ प्रतिशत कम हो ।

गत साता १७० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ४३३६८ कारोबारबाट पाँच अर्ब ५३ करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरका ९० लाख ५८ हजार ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.८६ अंकले बढेर ३४८.२२ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (२४ करोड ५७ लाख ६० हजार रुपैयाँ) को आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (१७ लाख ४२ हजार कित्ता) को आधारमा लक्ष्मी भ्यालु फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२५५६ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रकाशित मितिः २०७४ साउन २१

वि.सं.२०७४ साउन २१ शनिवार १४:२२ मा प्रकाशित

You can share this post!

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...