धादिङ । धादिङ जिल्ला समन्वय समितिमा एमालेको प्यानल नै विजयी भएको छ । सोमबार सम्पन्न निर्वाचनमा एमालेका संस्थापक नेता जगन्नाथ नेपाल जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका छन् । उनले १७ मत पाएका थिए ।
उनका प्रतिष्पर्धि काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवार भक्त लामाले ८ मतमात्र पाए ।
त्यस्तै उपाध्यक्षमा त्रिपुरासुन्दरी गाउँपालिकाका बिन्दा बराम नेपाली विजयी भएकी छिन् । त्यस्तै सदस्यहरुमा उर्मिला रेग्मी (थाँक्रे),सावित्रा सुनार (गजुरी), कृष्ण अर्याल (सिद्धलेक), खुनराज थापा (सिद्धलेक), कमल नारायण श्रेष्ठ (त्रिपुरासुन्दरी), सान्नानी परियार (ज्वालामुखी), उर्गेन बति तामाङ ( खनियावास) विजयी भएका छन् । उपप्रमुख तथा सदस्यहरु सबैले १६/१६ मत ल्याए ।
२६ जना मतदाता रहेकोमा २५ भोट खसेको थियो ।
प्रकाशित मितिः २०७४ साउन २३
वि.सं.२०७४ साउन २३ सोमवार १६:२८ मा प्रकाशित