back
NMB ad

बुढीगण्डकी चिनियाँ कम्पनीलाई जिम्मा दिँदा स्थानीयलाई सेयर दिने विषय के हुने ?

Kumari bank ad

बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले चालु आर्थिक वर्षभित्रै मुआब्जा वितरणको कार्य सम्पन्न गर्न ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग माग गरेका छन् । आर्थिक वर्ष २०७४/७५ भित्र डुबान क्षेत्रमा पर्ने सबै बासिन्दालाई मुआब्जा वितरण गर्न र स्थानीयको माग तथा भावनाबमोजिम काम गर्न पनि उनीहरुले सरकारसंग आग्रह गरेका छन् ।

बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले आज ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै आव २०७३/७४ मा साविकका छ गाविसमा मात्र मुआब्जा वितरण सुरु गरिएकोमा यस वर्ष डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङका गरी साविकका २७ गाविसमा नै वितरण गर्न माग गरेको हो ।

डुबान क्षेत्रका कसैले मुआब्जा पाएर आफ्नो बन्दोबस्त सुरु गरिसके भने धेरै बासिन्दा अझै अन्योलमा रुमल्लिरहेकामा प्रभावितले मन्त्री शाहीको ध्यानाकर्षण गराएका थिए । कुल एक हजार २०० मेगावाट क्षमताको आयोजनाका लागि मुआब्जा वितरण गर्न रु ६० अर्ब आवश्यक पर्नेछ । सरकारले चालु आवमा सो कार्यका लागि रु १० अर्ब विनियोजन गरेको छ ।

सरोकार समितिले मुआब्जा वितरण गर्दा यति रकमले नपुग्ने भन्दै बजेटको अभाव हुन नदिन पनि माग गरेको छ । समितिले आरुघाट, आर्खेत र खहरे बजारको पनि तत्काल मुआब्जा निर्धारण गरी वितरण सुरु गर्न पनि माग गरेको छ ।

समितिले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिँदा आफूहरुको रोजगारी, सेयर लगायतका विषय के हुने भन्ने प्रश्न पनि गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री शाहीले आयोजनाका विषयमा धेरै अध्ययन गर्न नपाएकाले अहिले नै मागका विषयमा प्रतिबद्धता जनाउन नसक्ने बताउँदै स्थानीयको सरोकार सम्बोधन गरेर मात्र आयोजना बनाउने बताए ।

स्थानीयलाई विश्वासमा लिएर नै आयोजना निर्माण गरिने भएकाले कुनै आशंका नगर्न आग्रह गर्दै उनले एकपटक प्रभावित क्षेत्रमा नै पुगेर आफूले जनतासँग छलफल गर्ने वचन दिएको सरोकार समितिका अध्यक्ष हरेराम ढकालले जानकारी दिए । रासस

प्रकाशित मितिः २०७४ साउन २४

वि.सं.२०७४ साउन २४ मंगलवार १२:२४ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...