back
NMB ad

मेलम्ची खानेपानीको निर्माण कार्यमा अबरोध गर्ने चेतावनी

Kumari bank ad

काठमाडौ । मेलम्ची खानेपानी आयोजना निर्माण कार्य जिम्मा लिएको ईटालियन कम्पनी सियमसिबाट पीडित बनेको नेपाली व्यवसायी संघर्ष समितिले सरकारसामु ३ बुँदे माग अघि सारेको छ । रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर सम्पूर्ण संलग्न सुचि बमोजिमका नेपाली फर्महरुको क्षतिपूर्तिसहितको पैसा भुक्तानी गर्नुपर्ने, मेगाटेक सम्झौता लगायतको सम्पूर्ण सामाग्री सम्झौता बमोजिम सियमसिद्धारा मर्मत संभार गरि तत्काल फिर्ता गर्नुपर्ने र सुरुङ निर्मणमा प्रयोग गरिने बिषाधि खोलामा डिस्पोज गर्ने कार्य बन्द गरिनुपर्ने लगायतका माँग अघि सारेको हो।

समितिका संयोजक विश्वराज गुरुङ्ले ईटालियन कम्पनी सियमसिले कानूनको धज्जी उडाईरहेको आरोप लगाए । उनले भने,‘नेपालको कानुन भन्दा माथि बसेर यसले यस्तो हर्कत देखाईरहेको छ, यस्तो स्थितिमा हामी नेपालीहरुले किन मुखदर्शक भएका छौ?हामीले चालेका कदमहरुमा हाम्रै सुरक्षाकर्मीले हामी माथि किन ज्यादती गर्छन? तत्काल हाम्रा मागहरु पुरा नगरिएका मेलम्ची खानेपानि निमार्णको काम नै अबरुद्ध पार्नेछौँ।’

Melamchi ko news sangharsa samiti

त्यस्तै संर्घर्ष समितिका सदस्य एवम् ईन्जिनियर श्रीराम न्यौपानेले स्थानीय माँगहरु राष्ट्रियतासँग जोडिएकाले सबैले सचेत हुनुपर्नेमा जोडदिए । उनले भने,‘हाम्रा मागहरु हाम्रो स्वार्थ पुर्तिको लागि होईनन, हाम्रो मुलुकको भविष्यसँग जोडिएका विषय वस्तुसँग जोडिएका छन्, भुक्तानि पाएका छैनौ, नेपाली व्यबसायिहरुले किनेर निमार्णमा प्रयोग गरेका मेसिन काम नलाग्ने बनाई सकेका छन्, सामाजिक वातावरणलाई धुमिल बनाउने काम भईरहेको छ, यस्तो स्थितिमा हामी चुप लागेर बसेका छांै।’

उनले अघि थपे,‘हाम्रो चिन्ता भनेको मेलम्ची खानेपानीको कारण भोलिका सन्ततिले दुःख नपाउन, कुनैपनि हालतमा सुद्धपानी राजधानी वासिले उपभोग गर्न पाउन, खानेपानी को सुरुङ गुणस्तरपूर्ण होस्, तर हाम्रो सरकार यस्ता भविष्यमा आउने खतराको बारेमा मौन छ, आजै सुरुमा  पानी  चुहिरहेको छ, कतै सेतो  पानी , कतै कालो  पानी  यस्तो स्थितिमा भोलि बिहान पानि खाएकै न्युहुमा कोही मर्यो भने त्यसको जिम्मेवार को हुन्छ? त्यसैले पर्सि विहिबारसम्म कुनै पनि हालतमा हाम्रा माग पुरा गर्नुपर्छ यदि गरिदैन र आलटाल गरिन्छ भने यो ईटलि कम्पनिको दादागिरी र गुणस्तरहिन सुरुङ निमार्णको काम अवरोध गर्न बाध्य हुनेछौँ।’

उनले फरक प्रसँगमा मेलम्ची खानेपानीको निर्माणमा अभ्यासयार्थी विद्यार्थीको हस्ताक्षरले निमार्णको गुणस्तर नापेको बताए । उनले भने,‘यस्तो गुणस्तरको लागि अभ्यास गर्नको लागि खटिएका ईन्जिनियरले सही छाप गरेको निर्माणको कसरी हामीले भरपर्नुछ।’

प्रकाशित मितिः २०७४ साउन २४

वि.सं.२०७४ साउन २४ मंगलवार १७:३१ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...