back
NMB ad

पेट्रोलियम ब्यवसायीले आजदेखि डिपोबाट पेट्रोल नउठाउने,भोलिदेखि बन्द

Kumari bank ad

काठमाडौ। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले आजदेखि डिपोबाट पेट्रोल नउठाउने भएको छ । इन्धन ढुवानीका क्रममा हुने नोक्सानीको वास्तविक क्षतिपूर्ति दिन निगम संचालक समितिले आनाकानी गरेपछि डिपोबोट पेट्रोल नै नउठाउने निर्णग गरिएको एशोसियशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले बताए ।

‘व्यवसायीका माग सम्बोधन गर्न १५ दिनभित्र रिपोर्ट बनाएर कार्यान्वयनमा ल्याइने भनिएको थियो,’ उनले भने, ‘रिपोर्ट बनेर आएको लामो समय भइसक्दा पनि निगम संचालक समिति उदासिन देखिएपछि दबाव स्वरुप डिपोबाट पेट्रोल उठाउन बन्द गरिएको हो ।’ व्यवसायीहरुले आजबाट पेट्रोल मात्र उठाउन बन्द गरेको हो ।

यदि निगमले आफ्ना माग संबोधन नगरेमा साउन २९ गतेबाट डिजेल पनि नउठाइने उनले जानकारी दिए । ‘हामीले पम्पमा भएका पेट्रोल शुक्रबारसम्म बिक्री गछौं,’ उनले भने, ‘यदि उनीहरुले सो अबधिसम्म पनि हाम्रो माग सम्बोधन गर्न बेवास्ता गरे भने साउन २९ पछि पूर्ण रुपमा डिजेल पेट्रोल डिपोबाट उठाउन तथा बिक्री वितरणमा रोक लगाउनेछौं ।’ निगमले अनावश्यक मागको विषयमा निर्णय गर्दै आएको र व्यवसायीका जायज मागलाई सम्बोधन गर्न उदाशिन देखाएकाले पनि बन्द गर्नुपरेको प्रधानको तर्क छ ।

हाल व्यवसायीले ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा करिब ८५ लिटर प्राविधिक नोक्सानी हुने भएकाले सोही अनुरुप क्षतिपूर्ति दिनमा माग गर्दै आएका छन् । तर, निगमले भने ४ हजार लिटरमा ३५ लिटर क्षतिपूर्ति स्वरुप उपलब्ध गराउँदै आएको छ ।

नेपाल आयल निगमले भने आज व्यवसायीसँग वार्ता हुने सो विषय निष्कर्षमा पुग्ने बताएको छ । व्यवसायीले आजलाई बिक्रीवितरण गर्न हिजै आवश्यक पेट्रोल उठाएको र दिउँसोको वार्ता पछि सबै समस्या समाधान हुने भएकाले बजारमा बिक्री वितरणमा कुनै समस्या नहुने निगमको भनाई छ ।
प्रकाशित मितिः २०७४ साउन २६

वि.सं.२०७४ साउन २६ बिहीवार ०९:०५ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...