back
NMB ad

अमेरिकाको गुआममा चारवटा मिसाइल आक्रमण गर्न उत्तर कोरियाको तयारी

Kumari bank ad

उत्तर कोरियाले प्रशान्त महासागरको अमेरिकी टापु गुआममा मिसाइल आक्रमणको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । गुआममा अगस्टको मध्यतिर चारवटा मिसाइल आक्रमण गर्ने तयारी भएको उत्तर कोरियाले दाबी गरेको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले हवासङ–१२ नामक चारवटा रकेट आक्रमणका लागि तयार रहेको बताएको छ । ती रकेट जापानको जमिन तथा समुद्री क्षेत्रमाथिबाट जाने र गुआम भन्दा ३० किलोमिटर पर समुद्रमा खस्ने केसिएनएलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।ameria cuam flag

तर यो आक्रमणका लागि उत्तर कोरियाका नेता किम जोङ–उनले सहमति जनाउनु पर्नेछ । गुआममा अमेरिकी सामरिक बम वर्षक विमानको भण्डारण गरिएको छ ।

यसैबिच अमेरिकाले आफ्नो विनासको बाटो आफै नबनाउन उत्तर कोरियालाई चेतावनी दिएको छ । अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले उत्तर कोरियाले पछिल्लो समय गरिरहेको गतिविधि उसकै लागि घातक हुन सक्ने भन्दै आफ्नो विनासको निम्तो आफै गरिरहेको बताएका हुन् । उनले उत्तर कोरियाको यस्तै गतिविधि रहिरहेमा उसको शासन सत्ताको पतन तथा देशको विनास हुन सक्ने चेतावनी दिएको बिबिसीले जनाएको छ ।north koria guam

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले आगो तथा आक्रोशसँग खेलिरहेको र यो उसका लागि घातक हुने चेतावनी दिएको भोलिपल्ट रक्षामन्त्री म्याटिसको यस्तो चेतावनी आएको हो । एक महिनाको अवधिमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले अमेरिकाका सबै मूख्य क्षेत्रमा आफूले आक्रमण गर्न सक्ने बताएपछि तनाव बढेको छ ।

प्रकाशित मितिः २०७४ साउन २६

वि.सं.२०७४ साउन २६ बिहीवार ०९:२६ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...